चाँडै सहमति गर्न दलहरुलाई चिनियाँ टोलीको आग्रह



काठमाडौ, असार १६ – संविधानसभा भंग भएपछिको अवस्था बुझ्न नेपाल आएको उच्चस्तरीय चिनियाँ टोलीले चाँडो राजनीतिक सहमतिमा पुग्न मुख्य राजनीतिक दललाई आग्रह गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री आइ पिङको नेतृत्वमा भ्रमणमा आएको चिनीया टोलीले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति सुशील कोइराला, र एमाले अध्यक्ष ...झलनाथ खनाललाई छुट्टाछुट्टै भेटेर सहमति गरी मुलुकको गतिरोध अन्त्य गर्न सुझाव दिएको हो ।

प्रचण्डसंगको भेटमा संविधानसभा विघटन, शान्ति प्रक्रिया, माओवादी पार्टी फुट लगायतको विषयमा चिनिया टोलीले चासो राखेको माओवादीका विदेश विभाग प्रमुख कृष्णबहादुर महराले जानकारी दिनुभयो । नेपालको विकासका लागि सहयोग गर्न तयार रहेको पनि चिनीया टोलीले बताएको महराले जानकारी दिनुभयो ।

त्यसअघि भएको भेटमा कांग्रेस सभापति सुशील कोइरालाले राजनीतिक गतिरोधको अन्त्यका लागि नेपाली कांग्रेसले जिम्मेवारीपूर्वक अग्रसरता लिइरहेको बताउनुभएको थियो ।

कोइरालाले देशको संबैधानिक र राजनीतिक संकट समाधानका लागि आफ्नो प्रतिबद्धता कायमै रहेको जानकारी दिनुभयो । माओवादी नेतृत्वको सरकारले एकलौटी रुपमा संसद भंग गरी निर्वाचनको घोषणा गराउदाँ आफुहरु आश्चर्यचकित भएको कोइरालाले बताउनुभएको थियो ।

यस्तै चिनियाँ टोलीसंगको भेटमा एमाले अध्यक्ष खनालले नेपाल सधै एक चीन नीतिको पक्षमा उभिएको र नेपालको भूमि छिमेकीका विरुद्ध प्रयोग गर्न नदिन प्रतिवद्ध रहेको वताउनुभएको छ

No comments:

Post a Comment