माओवादीका दुपक्षबीच झडपमा पाँचजना घाइते



चितवन, असार १६ – चितवनको भरतपुरमा रहेको माओबादीको पार्टी कार्यालयमा एकीकृत नेकपा माओबादी र नेकपा–माओबादी पक्षबीच भएको झडपमा पाँच जना भन्दा बढि घाइते भएका छन् । नेकपा माओबादी पक्षका उत्सब लामा घाइते भएको र उहाँको चितवन मेडिकल कलेजमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
...
यस्तै संस्थापन पक्षका अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य नारायण आचार्यपनि घाइते हुनु भएको छ । टाउकोमा चोट लागेका आचार्यले उपचार गराउन मान्नु भएको छैन । घटनामा अरु ५÷ ६ जना पनि घाइते भएको र उनीहरुको स्थानीय मेडिकलहरुमा उपचार भएको नवगठित नेकपा माओवादीका कार्यकर्ताले जानकारी दिएका छन् ।

बिहान पौने १० बजे तिर एकीकृत नेकपा माओबादी चितवनका सह—ईन्चार्ज अबिनास नेतृत्वको टोली कार्यालय पुगेपछि दुई पक्षबिच झडप भएको हो । केही दिन अघि नव गठित नेकपा–माओवादीले पार्टी कार्यालयमा भएको पुरानो बोर्ड हटाएर नयाँ नाम राखेको थियो ।

नवगठित नेकपा माओवादीको ट्रेड युनियन भेला चलि रहेका बेला सोही स्थानमा एकीकृत नेकपा माओबादीले आजै बाट जिल्ला स्तरीय कार्यकर्ता भेला राखेपछि झडप भएको हो ।

नेकपा माओबादीको कार्यालय सचिव विपिनले आफुहरु कार्यालयमा बसिरहेको बेला अबिनासको नेतृत्वमा आएको समुहले आक्रमण गर्दा आफ्ना नेताकार्यकर्ता घाइते भएको र पार्टी कार्यालयको बोर्ड च्यातिएको बताउनु भयो । पार्टी कार्यालयमा दुईपक्षबिच झडप भएपछि प्रहरीले दुबै पक्षका कार्यकर्ता हटाएर कार्यालय नियन्त्रणमा लिएको छ ।
अहिलेपनि पार्टी कार्यालय नजिकका बिभिन्न चोकमा दुबै पक्षका नेता कार्यकर्ताको ठुलो संख्यामा भिड लागेको छ ।

No comments:

Post a Comment