पहिले सरकार अनिमात्र अन्य विकल्प: एमाले

काठमाडौ, असार ६ - एमाले अध्यक्ष झलनाथ खनालले पहिले सहमतिको सरकार बनाएपछि मात्र राजनीतिक र संबैधानिक संकटको समाधानका विषयमा छलफल हुने बताएका छन् ।
दुई दिने राष्ट्रिय कार्यकर्ता भेलापछि त्यसले पारित गरेको प्रतिवेदन सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा खनालले सहमतिको सरकार नबनेसम्म अरु कुनै पनि बिषयमा छलफल हुन नसक्ने उल्लेख गरेका हुन् ।
साथै उनले बर्तमान संकटको कारक माओवादी र मधेसी दलहरु नै रहेको उल्लेख गरे । उनले प्रतिवेदनमा विघटित संविधानसभाको आदिवासी जनजाति सभासद् ककस पनि कारकका रुपमा उल्लेख गरेको थिए ।
उनले माओवादीबाट फुटेर बनेको मोहन बैद्यको पार्टी पुरानो भन्दा पनि जड्सुत्रवादी देखिएको उल्लेख गरे । यद्यपी उनले कार्यनीति र रणनीति नहेरीकन निष्कर्ष निकाल्न नसकिने उल्लेख गरे ।
एमालेले भेलाबाट ८ बुँदे राजनीतिक प्रस्ताव र ९ बुँदै समसामियक प्रस्ताव पनि पारित गरेको छ ।
राजनीतिक प्रस्तावमा माओवादी सर्वसत्ताबादका बिरुद्ध आन्दोलन सशक्त बनाउने, मुलुकलाई थप मुठभेडमा जान नदिनका लागि विथोलिएको सहमतिको
सहमतिको सरकार गठन गर्नका लागि तयार रहन माओवादीलाई आग्रह गर्ने, बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक बिशेषता अनुरुप पहिचान र सामर्थ्यको आधारमा नेपाली बिशेषतासहितको संघीयताको ढांचामा पक्षमा दृढता ब्यक्त गरेको छ । साथै पहिचानका नाममा बढाउन थालिएको जातीय विद्वेश र तनावप्रति गहिरो चिन्त ब्यक्त गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा उभिने संकल्प ब्यक्त गरेको छ ।
त्यसैगरी समसामयिक प्रस्तावका रुपमा सरकारले निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै निर्णयहरु खारेज गर्न माग गरेको छ । प्रधानमन्त्रीले जम्बो टोली लिएर बिदेश गएकोमा विरोध गरेको छ र असन्तुष्ट जनजाति नेताहरुलाई पार्टी पद्धती भित्र रहेर जिम्मेवार भएर भूमिका खेल्न भनिएको छ ।

No comments:

Post a Comment