अन्तत: एकीकृत माओवादी फुट्यो

काठमाडौं, असार ४ (नागरिक) - दुई दिनअघि सुरु भएको नेकपा मा‌ओवादी वैद्य विचार समूहको राष्ट्रिय भेलाले नयाँ पार्टी गठन गर्ने निर्णय गरेको छ। भेलामा सहभागी नेताका अनुसार औपचारिकरुपमा नै एकीकृत नेकपा माओवादी फुटेको हो। नयाँ पार्टी गठनको औपचारिक घोषणा भने भोलिमात्रै गरिनेछ। नयाँ पार्टीको नाम नेकपा, माओवादी (बीचमा कमा) रहने बताइएको छ।
यसअघि भेलाले २१ समूहमा छलफल चलाउँदा ९५ प्रतिशत बढीले नयाँ पार्टीको घोषणा गरी अघि बढ्नुपर्ने राय दिएका थिए। कार्यकर्ताको रायअनुसार नै माओवादी पार्टी फुट्ने भएको हो।यसैबीच आज दिउसो बसेको संस्थापन पक्षको केन्द्रीय समिति वैठकले पार्टीलाई एकै राख्‍न कठीन भएको निश्‍कर्ष निकालेको थियो। अध्यक्ष पुष्पकमल दाहालले फोनबाट उपाध्यक्ष मोहन वैद्यलाई फुटबाट जोगाउन आग्रह गरेका थिए। तर, वैद्यले पूरै नकारेपछि संस्थापन पक्षले थप प्रयास नगर्ने निधो गरेको थियो।

No comments:

Post a Comment