युवा नेताले प्रधानमन्त्री नभेट्ने

Baburam Bhattaraiकाठमाडौं , असार १३ - एमाओवादी-बाहेकका प्रमुख दलका नेताहरूले प्रधानमन्त्री बाबुराम भट्टराईले राखेको भेटघाट प्रस्ताव अस्वीकार गरेका छन् ।
सहमतिको साटो एकलौटी ढंगले अघि बढ्ने निर्णय गरेका प्रधानमन्त्रीले लोकप्रियताका लागि मात्रै आफूहरूसँगको भेटघाटलाई निरन्तरता दिन खोजेको भन्दै उनीहरूले त्यसको औचित्य सकिएको निष्कर्ष निकालेका हुन् ।
राजधानीमा भएको भेलाले भेटघाट प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको नेताहरूले बताए । एमाले युवानेता रवीन्द्र अधिकारीले विदेश भ्रमणबाट फर्किएका प्रधानमन्त्रीले विमानस्थलमै सहमति र सहकार्यविरुद्ध अभिव्यक्ति दिएको भन्दै उनले आयोजना गरेको छलफल ढोङमात्रै भएको आरोप लगाए ।
'संविधानसभा रहेको बखत भेटघाट र संवादबाट समाधान खोज्न सकिने अवस्थामा त छलफलको औचित्य नदेख्ने प्रधानमन्त्रीलाई अहिले युवा नेताहरूसँग छलफल गर्ने मन भएछ,' उनले भने, 'हिजोमात्रै अन्य दलविरुद्ध कडा अभिव्यक्ति दिने प्रधानमन्त्रीले अब छलफलको अभिनय गर्न थाल्नुभएछ भन्ने लाग्यो । हामीले छलफलको औचित्य देखेनौं ।'

No comments:

Post a Comment