कांग्रेस पनि अन्तरिक प्रशिक्षणमा

nepali cangresकाठमाडौ, अषाढ ४ - कांग्रेसले पनि सरकारविरुद्धको आन्दोलनसँगै पार्टी संगठनलाई प्रभावकारी बनाउन राजधानीमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ ।
कार्यक्रममा सभापति सुशील कोइरालाले माओवादीले विगतको सम्झौता र सहमतिको पालना नगर्दा यो अन्यौलको स्थिति उत्पन्न भएको बताए । उनले संविधान जारी नगरी संविधानसभा अवसान हुनुमा माओवादीको हात रहेको बताए । कांग्रेस संघीयताविरोधी नभएको र आदिवासी जनजातीको पहिचान र सामर्थ्यलाई समेत जोड दिएको बताए । प्रशिक्षणमा केन्द्रीय सदस्य र संविधानसभा निर्वाचनमा उम्मेदवार भएकाहरू सहभागी थिए ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले माओवादीले धोका दिएका कारण संविधानसभा विघटन भएको बताए । उनले माओवादीले संविधानसभालाई रणनीतिक रुपमा मात्रै प्रयोग गर्न खोजकाले संविधान ल्याउन नसकिएको बताए । 'यो कुरा हामीले बेलैमा बुझ्नुपर्थ्यो तर सकिएन,' पौडेलले भने, 'ढिलै भए पनि यो कुरा सबैलाई बुझाउनुपर्छ ।'
उदघाटनपछि आयोजित बन्दसत्रमा संविधानसभामा नेपाली कांग्रेसले निर्वाह गरेको भूमिका र रमेश लेखक र संघीयताबारे गगन थापाले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।

No comments:

Post a Comment