मातृकाद्वारा शासकहरुविरुद्ध जनयुद्ध गर्ने घोषणा

बाबुराम र प्रचण्ड नयाँ शासक-रितेश त्रिपाठी, वीरगञ्ज, असार ४- नेकपा माओवादीका संयोजक मतृका यादवले, 'नाँया र पुराना शासकहरुविरुद्ध जनवादी क्रान्तिको लागि जनयुद्धको तयारीमा जाने' घोषणा गरेका छन्। असार १ देखि जारी पार्टीको केन्द्रीय समितिको विस्तारीत बैठकले यस्तो निर्णय गरेको उनले बताए।बैठकपछि आइतबार पत्रकार भेटघाटमा संयोजक यादवले अहिले स्वमसेवक दस्ता बनाउने र पछि जनयुद्धको लागि जनसेना तयार गर्ने निर्णय बैठकले गरेको बताए। जनताको सेवक बन्न जनयुद्धबाट स्थापित बाबुराम भट्टराई र पुष्पकमल दहाल 'प्रचण्ड' जनताको शासक बनेको उनको आरोप थियो। 'नक्कली कम्युनिष्टबाट जनतालाई सबभन्दा बढी खतरा छ,' उनले भने, 'एनेकपा माओवादीबाहेकका नेपाली कांग्रेस, एमाले, राप्रपालगायतका पुराना शासक हुन् र बाबुराम र पुष्पकमल नयाँ शासक हुन्'।
आत्म निर्णयको अधिकार र पहिचानसहिको जनताको संविधानको लागि जनवादी क्रन्तिको विकल्प नरहेको उनले बताए। संघर्षबाट संयुक्त क्रान्तिकारी सरकार स्थापना गरी त्यसैको माध्यमले जनताको संविधान निर्माण गर्नु पार्टीको दिशा विस्तारीत बैठकले तय गरेको उनले जानकारी गराए।
उनले जिल्लामा जिल्ला कमिटीले निर्धारण गर्ने समयमा पूर्व सभासद्हरुको घरको अगाडि भत्ता फिर्ता गर! भनि नारा लगाउने र काठमाडौंमा असारको दोस्रो सातादेखि प्रचण्ड, सुशील कोइराला र झलनाथ कोइरालाको घर अगाडि नारा लगाउने कार्यक्रम तय गरिएको बताए।
'किरण कमरेडलाई बल्ल चेत आएको छ, प्रचण्डले क्रान्तिकारी साथीहरुलाई घुमाएका छन्, हामी ४० महिना अगाडि यसै कारणले एनेकपा माओबादीबाट अलग भयौं, किरणसँग पनि स्पष्ट दिशा छैन' उनले भने वैद्यको नेतृत्वमा पार्टी फुटिसकेपछि, त्यसमा हामीहरु जाने कुनै सम्भावना छैन्।

No comments:

Post a Comment