राजनीतिक गतिरोधबारे यूरोपेली युनियनको चासो

prachandaकाठमाडौं, जेष्ठ ३२ - संविधानसभा विघटनपछिको राजनीतिक गतिरोधबारे यूरोपेली युनियनको चासो व्यक्त गरेको छ ।
यूरोपेली युनियनका राजदूतहरुले बिहीबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर राजनीतिक गतिरोधबारे चासो राखेका हुन् । दाहाल निवास लाजिम्पाटमा भएको भेटपछि यूरोपेली संघका राजदूत अलेक्जेन्डर स्पाचिसले संविधानसभा विघटनपछिको अवस्थाबारे छलफल गरेको जानकारी दिए ।
स्पाचिसले संक्रमणकाल अन्त्य गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान सुझाव दिएको संवाददाताहरुलाई बताए । उनले नेपालको विकासका लागि दिइँदै आएको सहयोगलाई निरन्तरता दिनेसमेत उल्लेख गरे ।
भेटमा यूरोपेली युनियनका राजदूतहरुले संविधानसभा विघटनपछि दलहरुबीचको असमझदारी, सहमतिका लागि दलहरुबीच भएका छलफलबारे पनि चासो राखेका थिए । दाहालले भने दलहरुबीचको सहमतिको विकल्प नभएको बताउँदै ढिलो छिटो सहमति हुने विश्वास व्यक्त गरे ।

No comments:

Post a Comment