सरकार जस्तोसुकै त्याग गर्न तयार छः सञ्चारमन्त्री

Rajkishor-Yadhavजनकपुरधाम, अषाढ २ - सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले विद्यमान समस्या समाधानका लागि सरकार जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् ।
जनकपुर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँगको भेटमा उनले यस्तो भनाइ राखेका हुन् ।
लोकतन्त्रलाई स्वीकार गरे पनि लोकतान्त्रिक पद्धतिको निर्वाचनबाट डराउने दललाई जनताले अब अस्वीकार गर्ने दाबी गर्दै मन्त्री यादवले भने- 'जनतालाई अधिकार दिन कन्जुस्याईं गर्ने दलप्रति सजग हुनुपर्ने बेला आएको छ ।'
सर्वोच्च अदालतको आदेशको सम्मान गरेर सरकारले नयाँ संविधानसभाका लागि निर्वाचनको तिथि तोकेको स्पष्ट पार्दै उनले समयमै निर्वाचन गराउने वातावरण बनाउन प्रयासरत रहेको जानकारी दिए ।
यथास्थितिवादी दलको हठवादी क्रियाकलापका कारण संविधान निर्माण हुन नसकेको र अझै नयाँ सहमतिको वातावरण तय नभएको मन्त्री यादवको भनाइ थियो ।
एक अर्को प्रश्नमा उनले भने- 'सरकारले सकेसम्म सहमतिबाटै बजेट ल्याउने प्रयास गरिरहेको छ, यद्यपि सहमति कायम नभए अध्यादेशबाट बजेट ल्याउनु राष्ट्रिय आवश्यकता हुनेछ ।'

No comments:

Post a Comment