राष्ट्रपतिलाई निकासका लागि पहल गर्न भण्डारीको आग्रह

satsingकाठमाडौ, असार १० - नयाँ पार्टी घोषणा गर्ने तीव्र तयारी गरिरहेका शरतसिंह भण्डारीले राजनीतिक निकासका लागि पहल गर्न राष्ट्रपति रामवरण यादवसँग आग्रह गरेका छन् ।
भण्डारीले शनिबार राष्ट्रपति यादवलाई शीतलनिवासमा भेटी राजनीतिक निकासका लागि पहल थाल्न आग्रह गरेका हुन् । भेटमा राष्ट्रपतिले सहमतिका लागि आफूले प्रयास गरिरहेको र त्यसलाई तीव्र पार्ने बताएका थिए । करिब आधा घन्टा लामो भेटमा भण्डारीले राजनीतिक निकासका लागि संवैधानिक दायरामा रहेर कदम चाल्न राष्ट्रपतिलाई अनुरोध गरेका थिए । 'सहमतिका लागि प्रयास गरिरहेको छु, फेरि पनि दलहरूलाई आफ्नो तर्फबाट गर्नुपर्ने पहल गर्छु भन्नुभयो,' भेटपछि भण्डारीले कान्तिपुरसित भने । राष्ट्रपति यादवले राजनीतिक सहमतिबाट मात्रै वर्तमान राजनीतिक संकट निकास गर्न सकिनेमा जोड दिएको उनले बताए ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले निष्कासन गरेका भण्डारीले आगामी १३ असारमा छुट्टै पार्टी गठन गर्दैछन् । 'मैले खोल्ने पार्टीमा सहभागी हुन तराईका २२ वटै जिल्लामा कार्यकर्ताले उत्साह देखाएका छन्,' उनले भने ।

No comments:

Post a Comment