सरकार बिरोधी सभाको किन प्रत्यक्ष प्रशारण गरेको: प्रधानमन्त्री



काठमाडौं, जेठ ३२ - सरकारले नेपाल टेलिभिजनलाई सरकार विरुद्ध भइरहेका प्रदर्शनलाई प्राथमिकताका साथ प्रशारण नगर्न निर्देशन दिएको छ । गत जेठ २६ गते सरकार विरुद्ध काठमाडौंको खुल्लामञ्चमा भएको बिरोध सभाको प्रत्यक्ष प्रसारण गरेको भन्दै प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपाल टेलिभिजनका नायव महाप्रवन्धक दीपकमणी धिताल र समाचार प्रमुख राजेन्...द्रदेव आचार्यलाई आफ्नै कार्यकक्षमा वोलाएर मौखिक स्पष्टीकरण लिनु भएको हो ।
प्रधानमन्त्री भट्टराईले सोध्नुभयो - सरकारी टेलिभिजनबाट सरकार विरुद्धको प्रदर्शनको प्रत्यक्ष प्रसारण किन गर्नु भएको हो ? कसले भनेर किन प्रत्यक्ष प्रसारण गर्नु भयो ? धिताल र आचार्यलाई उधृत गर्दै श्रोतले बताएको छ ।

जवाफमा नायव महाप्रवन्धक धिताल र समाचार प्रमूख आचार्यले निजी टेलिभिजन च्यानलसँग प्रतिस्पर्धा गर्नु पर्ने चुनौती रहेकाले खुल्ला मञ्चको विरोध सभाको प्रत्यक्ष प्रसारण गरेको प्रष्टिकरण दिनुभएको थियो ।

सरकारले पैसा नदिएको र बजारमा अरु निजी टेलिभिजनसँग प्रतिस्पर्धी बनाउन प्रत्यक्ष प्रसारण गरेर कुनै गल्ती नगरेको जिकिर धिताल र आचार्यले गरेका थिए । यसरी कार्यक्रमको प्रत्यक्ष प्रशारण गरेको बिषयमा प्रधानमन्त्रीले मौखिक स्पष्टिकरण सोध्दै दवाव दिएको भन्दै नेपाल टेलिभिजन कर्मचारी युनियनले यसको विरोध गरेको छ ।

No comments:

Post a Comment