फेसबुकमा मस्त तन्नेरी


काठमाडौ, अषाढ १ - नेपालमा फेसबुक प्रयोगकर्ता यो साता १४ लाख ६ हजार २ सय ४० पुगे । तीमध्ये ४६ प्रतिशत अर्थात् ६ लाख ३२ हजार ८ सय ८ जना १८ देखि २४ वर्ष उमेर समूहका छन् । महिलाको तुलनामा दुई तिहाइ पुरूष यो सामाजिक सञ्जालमा रमाउँछन् । विश्वमा यो साइट प्रयोगकर्ताको संख्याका आधारमा नेपाल ७० औं स्थानमा छ ।
चाबहिलस्थित साइबरमा फेसबुक चलाउँदै गर्दा भेटिएकी रस्मिता शर्मा भर्खरै १८ वर्ष पार गरिन् । उनी साताका सबै दिन ढकुनै दिन केही क्षण र कुनै दिन केही घन्टा) फेसबुकमै बिताउँछिन् । कक्षा १२ की यी छात्राको कक्षाका सबैको फेसबुक एकाउन्ट छ । उनको उमेर समूह अर्थात् १८ देखि २४ वर्ष उमेरका नेपाली पुस्ता नै सबैभन्दा बढी फेसबुकमा रमाउँछन् ।
नेपालमा फेसबुक प्रयोग गर्नेमध्ये ४६ प्रतिशतभन्दा बढी यही उमेर समूहका छन् । यसै साता फेसबुक प्रयोगकर्ता विश्वभर ९० करोड नाघेका छन् । नेपालको तथ्यांक हेर्ने हो भने १४ लाख ६ हजार २ सय ४० जनाले फेसबुक चलाउँछन् । प्रयोगकर्ताको संख्याका आधारमा नेपाल ७० औं स्थानमा पर्छ । नेपालको अगाडि लेबनान र पछाडि केन्या छन् ।
यो संख्या सामाजिक सञ्जालको प्रयोगकर्ताबारे जानकारी दिने सोसिएलब्याकर्स डटकमले सार्वजनिक गरेको हो । यसमा फेसबुक खोल्दा व्यक्तिले आफ्नो मुलुकको नाम उल्लेख गरेअनुसार संख्या निर्धारण गरिएको हो । हरेकको हातमा हुने स्मार्ट फोनले समेत फेसबुक चलाउनेलाई सजिलो बनाएको छ । स्मार्टफोनले फेसबुकको एप्लिकेसन्स ढएप्स) सुरुमै राखिदिएका हुन्छन् ।
नभए स्टोरमा गएर डाउनलोड गर्न सकिन्छ । विश्वका २ सय १३ वटै मुलुकका बासिन्दाले फेसबुक चलाउँछन् । अमेरिका सबैभन्दा बढी प्रयोगकर्ता भएको मुलुक हो । यहाँ १५ करोड ६८ लाख ३० हजार ५ सय ८० जनाले फेसबुक चलाउँछन् । तथ्यांक केलाउँदा यो मुलुकको जनसंख्याको आधाभन्दा बढी अर्थात् ५० दशमलव ५५ प्रतिशतले फेसबुक चलाउँछन् ।
सबैभन्दा थोरै फेसबुक चलाउने जनसंख्या भएको मुलुक भ्याटिकन सिटी हो । यहाँ २० जनाले मात्र यो साइटमा एकाउन्ट बनाएका छन् । छ महिना अघिसम्म यो मुलुकमा १ सय जनाले फेसबुक चलाउँथे । यो अवधिमा ८० जनाले आफ्नो एकाउन्ट बन्द गरे । नेपालमा फेसबुक चलाउनेको संख्या कुल जनसंख्याको ४ दशमलव ८६ प्रतिशत छ ।
पछिल्लो ६ महिनामा नेपालमा १ लाख ९ हजार ६ सय ४० जना प्रयोगकर्ता बढेका छन् । नेपालमा फेसबुक प्रयोगकर्ता टिन एजका र भर्खरै यो उमेर पार गरेकाहरू धेरै छन् । फेसबुक चलाउने १८ देखि २४ वर्ष उमेर समूहका ४६ प्रतिशत छन् । यो समूहका ६ लाख ३२ हजार ८ सय ८ जनाले फेसबुक चलाउँछन् ।
यसैगरी २५ देखि ३४ वर्ष समूहका २८ प्रतिशत, १६ देखि १७ वर्ष समूहका ११ प्रतिशत, ३५ देखि ४४ वर्ष समूहका ७ प्रतिशत, १३ देखि १५ वर्ष समूहका ६ प्रतिशत, ४५ देखि ५४ उमेर समूहका २ प्रतिशत र ५५ देखि ६४ र ६५ वर्षभन्दा माथिको उमेर समूहका १/१ प्रतिशत छन् ।
तथ्यांक भन्छ, नेपालमा महिलाभन्दा फेसबुक चलाउने पुरुष दुई तिहाइ छन् । फेसबुकमा बाँधिने पुुरुषको संख्या ३१ प्रतिशत मात्रै छ, जबकि ६९ प्रतिशत पुरुष यो साइटमा रमाउँछन् । पछिल्लो ३ महिनामा जापानमा फेसबुक प्रयोगकर्ता ह्वात्तै बढेका छन् । १३ लाख ९ हजार ५ सय ८० जनाले फेसबुक प्रयोेग गर्न थाले । उता दक्षिण अपि|mकी इन्टरनेट प्रयोगकर्ता भने फेसबुकदेखि अघाएका छन् ।
पछिल्लो तीन महिनाको अवधिमा यो मुलुकका ७ दशमलव ०६ प्रतिशत अर्थात् ३ लाख ४९ हजार ९ सय २० जना फेसबुकबाट बाहिरिए । हाम्रो छिमेकी मुलुक भारत फेसबुक चलाउनेको संख्याका आधारमा तेस्रो ठूलो मुलुक बनेको छ । यहाँका ४ करोड ६३ लाख ७ हजार ५ सय ८० जनाले फेसबुक चलाउँछन् । पछिल्लो ६ महिनामा त्यहाँ प्रयोगकर्ता २ दशमलव ८६ प्रतिशत अर्थात् १२ लाख ८७ हजार ७ सय ४० जना बढेका छन् ।
फेसबुक चलाउन चिनियाँ निकै अनुदार देखिएका छन् । हुन त त्यहाँका कतिपय प्रान्तमा सामाजिक सञ्जालका साइटमाथि प्रतिबन्ध छ । फेसबुक चलाउनेको संख्याका आधारमा विश्वमा ९८ औं नम्बरमा परेको चीनमा नेपालको भन्दा झन्डै एक तिहाइ कम अर्थात् ५ लाख ५ हजार ६० जनाले मात्र यो साइटमा आफ्नो एकाउन्ट बनाएका छन् ।
पछिल्लो समय फेसबुकमा विभिन्न बिजनेस हाउस, सञ्चारमाध्यम लगायतले पनि आफ्नो छुट्टै पेज बनाएर प्रयोगकर्तालाई सूचना दिइरहेका छन् । फेसबुक प्रयोगकर्ताले मन पराएको -लाइक) आधारमा नेपालको उत्कृष्ट ब्रान्डमा एनसेल परेको छ । यसको पेजलाई २ लाख २९ हजार ८ सय २ जनाले मन पराएका छन् ।
यस्तै दोस्रोमा परेको एस ट्राभल्सको साइटलाई २ लाख ३ हजार १ सय ७१ जनाले 'लाइक' गरे । तेस्रो, चौथो र पाँचौंमा रहेका क्रमशः डु सर्फ इन नेपाल ढप्रा.) लि. लाई ७ हजार ४ सय ८३, सफ्ट नेपाललाई ५ हजार ९ सय ३ र एभरेस्ट स्काई डाइभलाई ३ हजार ४ सय २४ जनाले मन पराएका छन् ।

No comments:

Post a Comment