खुलामञ्चमा माओवादी सभा जारी

Prachanda-during-an-interviकाठमाडौं, अषाढ १ - एक लाख जना उतार्ने भनिएको माओवादीको आमसभा खुलामञ्चमा जारी छ । आमसभामा माओवादी नेताहरुले सम्बोधन गर्नेक्रम जारी छ ।
पहिचानसहितको संघीय गणतान्त्रिक संविधान निर्माण र संघीयताविरोधीको भण्डाफोरका लागि भन्दै माओवादीले सभा आयोजना गरेको हो । सभामा अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्रीसमेत रहेका उपाध्यक्ष बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत उपस्थित छन् ।
माओवादीको विशेष केन्द्रीय ब्यूरोले आयोजना गरेको आमसभामा माओवादीकै उपाध्यक्ष मोहन वैद्य समूह सहभागी भएको छैन । वैद्य समूहले शुक्रबारदेखि नै राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।
आमसभाका लागि माओवादीले एक सातादेखि तयारी गरेको थियो । उसले पार्टी तथा भ्रातृ संस्थालाई कडा निर्देशन दिंदै अनिवार्य उपस्थित हुन सर्कुलर गरेको थियो । आमसभामा नेवाः र तामसालिङबाट कार्यकर्ता बढी आएका छन् ।
खुलामञ्चमा यसअघि कांग्रेस-एमालेसहितका २७ साना दल र संवैधानिक राजसंस्था माग गर्दै आएको राप्रपा नेपालले अलग अलग आमसभा गरेका थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहालले ती दुवै सभालाई उछिन्दै खुलामञ्चमा एक लाख जनता उतार्ने उद्‍घोष गरेका थिए ।

No comments:

Post a Comment