डेरामै दम्पतीको हत्या,ज्याठामा दम्पतीको हत्या लुट्न आएको समूहबाट




काठमाडौं, फागुन १- ज्याठाको एक घरमा दुई जना मृत अवस्थामा फेला परेका छन्। कोठा बाहिरवाट ताल्चा लगाएको अवस्थामा रामबहादुर खड्काको कोठामा महिला र पुरुषको शब फेला परेको हो। प्रहरीका अनुसार सो डेरामा खड्का श्रीमती कल्पनासँगै बस्दै आएका थिए।

घटनास्थलमा महानगरिय प्रहरी अपराध महाशाखा र महानगरिय प्रहरी परिसर काठमाडौंको टोली अनुसन्धानका लागी पुगेको छ। मृत महिला कल्पना भए पनी पुरुषको पहिचान हुन सकेको छैन। बाहिरवाट ताल्चा मारिएकाले प्रहरीले भेन्टीलेटरवाट हेरेर महिलाको पहिचान गरेको हो। पुरुषको हात मात्र देखिएकाले सोमवार बेलुकासम्म पहिचान भएको थिएन।

खड्का दम्पत्ति जमलमा चिया पसल चलाउँदै आएको र उनीहरु ज्याठामा दुई वर्षदेखी डेरामा बसेको जानकारी प्रहरीले पाएको छ। घटनास्थलमा पुगेका प्रहरीका अनुसार दुबैको मृत्यु शंकास्पद देखिन्छ।

बाहिरवाट हेर्दा महिलाको घाँटीमा चोट देखिएको र मुखवाट रगत निस्किएको देखिएको प्रहरीले बताएको छ। महानगरिय प्रहरी परिसरका एसपी उत्तम सुवेदीले दुबैको मृत्यु शंकास्पद देखिएको बताउँदै अनुसन्धान जारी रहेको बताए।


ज्याठामा दम्पतीको हत्या लुट्न आएको समूहबाट

काठमाडौं, फागुन २- लुटपाट गर्न आएको समूहले ज्याठामा दम्पतीको हत्या गरेको प्रहरीले जनाएको छ। सोमबार बेलुका ज्याठामा प्रहरीले रामबहादुर खड्का र उनकी श्रीमती कल्पनाको शव उनीहरूकै कोठामा फेला पारेको थियो।
मृतक महिलाको शरीरका गहना लुटिएको र घरका अन्य सामग्री हराएकाले लुटपाटको उद्देश्यले हत्या भएको अनुसन्धानमा संलग्न प्रहरी टोलीको प्रारम्भिक निष्कर्ष छ।

लुटपाटको उद्देश्यले हत्या भएको अपराध महाशाखाका एसपी प्रद्युम्न कार्कीले नागरिकलाई बताए। 'महिलाको कानको मुन्द्रा खोलेर लगेको र कोठाका अन्य गहनासमेत लगेको देखिएको छ,' उनले भने, 'अहिलेसम्मको अनुसन्धानले लुटपाटका लागि हत्या भएको देखिएको छ। हत्यामा संलग्न समूह भने खुलेको छैन।'

ज्याठा ज्यासल गल्लीको एक घरमा दुई वर्षदेखि बस्दै आएका खड्का दम्पतीको धारिलो हतियार प्रहार गरेर हत्या भएको थियो। निधार, ढाड र पेटमा धारिलो हतियार प्रहार भएको रामबहादुरको शव र घाँटीमा धारिलो हतियार प्रहार गरेर मारिएकी कल्पनाको शव प्रहरीले घटनास्थलमा फेला पारेको थियो।

घटनास्थलमा महानगरीय प्रहरी अपराध महाशाखा, महानगरीय प्रहरी परिसर र शिक्षण अस्पताल महाराजगन्जबाट फरेन्सिक विभागका चिकित्सक हरिहर वस्तीसमेतको टोली पुगेको थियो।

रामेछापका खड्का दम्पती कान्तिपथमा चिया पसल गर्थे। बाहिरबाट ताला लगाएको कोठामा शव फेला परेको थियो। घटनास्थल र शवको प्रकृतिका आधारमा अनुसन्धान टोली आइतबार बेलुका हत्या भएको अनुमान गरेको छ। बेलुकाको समयमा लुट्न आएको समूहले खुकुरी प्रहार गरेर दुबैको हत्या गरी सुनका गहनालगायत सामग्री लुटेको अनुमान गरिए पनि प्रहरीले लुटिएको सामग्रीको एकीन विवरण खुलाउन सकेको छैन।

अध्यादेश फिर्ता पठाउने तयारीमा राष्ट्रपति,



२ फागुन, काठमाण्डौं । सरकराले पेस गरेका बेपत्ता भएका व्यक्तिहरुको खोजबिन र सत्यनिरुपण तथा मेलमिलापसम्बन्धी अध्यादेश राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन विपरीत देखिएको भन्दै राष्ट्रपतिले फिर्ता पठाउने भएका छन् । साढे पाँच महिला लामो अध्ययनपछि राष्ट्रपति डा. रामबरण यादब सरकारद्धारा सिफारिस सो अध्यादेश फिर्ता गर्ने निष्कर्षमा पुगेका हुन् ।

प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले गत १२ भदौमा सो अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारले सिफारिस गरेको सो अध्यादेशप्रति अधिकारवादी संघ/संस्थाले चर्को विरोध गरेपछि राष्ट्रपति यादबले अध्इयन जरुरी रहेको भन्दै विचाराधी राखेका थिए । मंगलबार अध्यादेशबारे केही मानव अधिकारवादी अगुवासँगको परामर्शपछि राष्ट्र यादब अध्यादेश सरकारलाई नै फिर्ता पठाउने निष्कर्षमा पुगेको खबर राजधानी दैनिकले छापेको छ ।

जेठ १५ भित्र संविधानसभाको निर्वाचन र चुनावी सरकार गठन गर्ने विषयमा दलहरु सहमत



काठमाडौं,माघ २९ । प्रमुख चार राजनीतिक दलले जेठ १५ गतेभित्र संविधानसभाको निर्वाचन गर्न र चुनावी सरकार गठन गर्ने विषयमा सहमत भएका छन् । नयाँ बानेश्वरमा रहेको सेना समायोजन विशेष समितिको सचिवालयमा बसेको बैठकमा दलहरुले स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्ने पनि सहमति गरेका हुन् । बैठकपछि एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेठ १५ गते चुनाव हुने गरि सहमति जुटेको जानकारी दिनुभयो । उहाँले सोमबार साँझ राष्ट्रपतिसँग हुने छलफलमा ठोस निस्कर्ष निस्कन सक्ने बताउनुभयो । दलहरुले सांझ ५ वजे राष्ट्रपति डा रामबरण यादवसँग छलफलको समय तय गरिसकेका छन् । एकीकृत नेकपा माओवादीले अघि सारेको वाहालवाला प्रधानन्यायाधीश, स्वतन्त्र व्यक्ति वा पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गरेर चुनावमा जाने भन्ने विषयमा भने सहमति भइसकेको छैन । सोमबार दिनभर आन्तरिक छलफल गरेपछि बेलुका थप छलफल गरेर निस्कर्षमा पुग्ने नेताहरुले बताएका छन् । बैठकमा एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी मोर्चाका नेताहरु सहभागी थिए ।

भारतको कुम्भ मेलामा भएको भागदडौडमा ३६को मृत्यु



इलाहाबाद (भारत), २९ माघ । भारतको धार्मिक उत्सव कुम्भमेलाबाट तीर्थयात्रीहरू घर फर्कदै गरेको अवस्थामा भएको भागदौडमा कम्तीमा ३६ व्यक्तिको मृत्युभएको समाचार प्राप्त भएको छ । आइतबारको दिन गङ्गाको किनारामा तीन करोड तीर्थयात्री भेला भएको र यो कीर्तिमान भएको बताइएको छ ।

आइतबार भएको भागदौडमा दर्जनौँ व्यक्ति घाइते भएको बताइएको छ । दुर्घटना ५५ दिने यस मेलाको सबैभन्दा महत्वपूर्ण दिन एक रेलबिसौनीमा भएको बताइएको छ । यस हिन्दू मेलालाई विश्वमा सबैभन्दा ठूलो मानव भेलाको रूपमा लिइन्छ ।

एक रेल बिसौनीको पुलको रेलिङ भीडको दबाब खप्न नसक्दा भाँचिएको स्थानीय अधिकारीहरूले बताए भने प्रहरीले भीड नियन्त्रण गर्न लाठीचार्ज गरेको एक प्रत्यक्षदर्शीले बताए ।

घाइते व्यक्तिलाई इलाहाबाद विसौनीमा एम्बुलेन्समा लगिएको थियो भने उनीहरूका आफन्तले आपत्कालीन सेवा घटनास्थल पुग्न घण्टौँ लागेको बताए । घटनास्थलमा सेतो कपडाले ढाकेका शवहरू निकै समय रहेको देखिएको थियो ।

उत्तरी तथा केन्द्रीय रेलसेवाका प्रवक्ता अमित माल्भियाले २० शवको पहिचान भएको र १६ शवको आफन्त फेला पार्न बाँकी रहेको जानकारी दिए ।

मर्नेमा १४ महिला छ पुरुष परेको बताइएको छ । मर्नेमा सबैभन्दा कान्छी आठ वर्षीया एक बालिका परेकी छन् भने सबैभन्दा प्रौढमा ७५ वर्षीय एक पुरुष परेका छन् ।

यस दिन गङ्गामा स्नान गर्दा पाप पखालिन्छ भन्ने विश्वास गरिन्छ र यस वर्ष यस मेला अवधिमा १४७ वर्षमा एक पटक ग्रहहरू एकै रेखामा पुग्ने अवस्था पनि देखिने छ । केहीका लागि यो दिन अझै महत्वपूर्ण हुनेछ ।

स्थानीय अधिकारी देवेश चतुर्वेदीले मध्यान्हसम्म दुई करोड व्यक्तिले गङ्गामा स्नान गरेको तथा साँझ त्यो सङ्ख्या तीन करोड पुगेको जानकारी दिए ।

भागदौडपछि भारतीय प्रधानमन्त्री मनमोहन सिंहले एक विज्ञप्ति जारी गर्दै आफू यस दुर्भाग्यपूर्ण दुर्घटनाबाट स्तब्ध भएको बताउनुभएको छ । रेलमार्गमन्त्री पवन कुमार वंसल अनुसन्धानका लागि इलाहाबाद जानुभएको छ ।

उत्तर प्रदेशको स्थानीय वासिन्दा अशोक शर्माले मानिसहरूले उक्त रेलिङमा आराम गरिरहेको समयमा त्यसले भार वहन गर्न नसकेको र त्यसको जेडाइ टुटेको जानकारी दिए ।

रेलमार्गमन्त्री वंसलले यस कुरालाई अस्वीकार गर्नुभयो र उहाँले रेल विसौनीमा अति भीडका कारण भागदौड भएको हुनसक्ने बताउनुभयो । पीडितका आफन्तले प्रहरीले सन्त्रासको वातावरण फैलाएकाले यो दुर्घटना भएको आरोप  लगाए ।

भारतको उत्तरी नगर इलाहाबादमा १२ वर्षमा कुम्भ मेला लाग्छ र यो गत महिना आरम्भ भएको थियो भने मार्च महिनामा सम्पन्न हुन्छ । यस्ता साना मेला भारतका अन्यत्र हरेक तीन वर्षमा लाग्ने गर्छ ।

सन् २००३ मा पश्चिमी नगर नासिक भएको मेलामा भागदौडमा ४५ व्यक्तिको मृत्युभएको थियो । सन् २००८ मा उत्तरी नगर जोधपुरमा एक मन्दिरभित्र २२० व्यक्तिको मृत्युभएको थियो ।

आइतबार यस मेलामा ३० हजार स्वयंसेवी तथा सात हजार प्रहरी तैनाथ थिए । भारतमा अमृतको थोपा खसेका इलाहाबाद, नासिक, उज्जैन तथा हरिद्वारमा यस प्रकारको मेला लाग्ने गर्छ । एएफपी

छोराको कुटाइबाट आमाको मृत्यु




माघ २८ - अम्मली छोराको निर्मम कुटाइबाट बाँके जिल्ला कारकादो गाविस—२ कि ४० वर्षीया कमरुन निसाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, शनिबार साँझ लागु औषध सेवनका लागि रकम नदिएको रिसमा छोरा जलिल नाउले आमालाई मरणासत्र हुनेगरी कुटेका थिए

कुटपिटबाट गम्भीर घाइते बनेकी कमरुनको स्थानीय भेरी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ भने अभियुक्त जलिललाई पक्राउ गरिएको छ ।

यसैगरी नेपालगन्ज—४ निवासी १५ वर्षीया किशोरी काजल गुप्ताले आफ्नो कोठामा आत्महत्या गरेको जनाइएको छ ।

नुवाकोटमा खुला कारागार बनाइने


nuwakotकाठमाडौं, माघ २८, मुलुकमा रहेका १३ जिल्लाका १४ कारागारमा रहेका ९ हजार कैदीबन्दीको स्वास्थ्योपचारमा युवा शक्ति नेपालले सघाउ पुर्‍याएको छ।संस्थाले राजधानीको काठमाडौँ, ललितपुर, झापा, पर्सा, चितवन, तनहुँ, मोरङ, सुनसरी, सप्तरी, महोत्तरी, कास्की, रुपन्देही र बाँकेमा रहेका कारागारमा भएका बन्दीलाई एचआइभी/एड्स, क्षयरोग, औलो जस्ता रोगहरूको उपचारमा सघाउ पुर्याएको छ।




यस संस्थाले सन् २००४ देखिनै एचआइभी/एड्स सङ्क्रमितहरुलाई प्रारम्भिकदेखि विशेषज्ञ सेवा तथा उपचार प्रदान गरेको बताइएको छ। ती जिल्लाहरूहरूमा रहेका २ हजार ३०२ जनाको रक्त परीक्षण गर्दा लागुऔषधको प्रयोगकर्ता तथा समलिङ्गीहरू गरी ४३ जनामा एचआइभी पोजेटिभ र एक हजार २४ जनामा यौनरोग पाइएको थियो।
कारागार व्यवस्थापन विभागका निर्देशक ज्ञानप्रसाद ढकालले कारागारमा बन्दीको अत्यधिक चाप रहेको तथ्यलाई ध्यानमा राखी नुवाकोटमा पाँच हजार बन्दी राख्‍ने क्षमताको खुला कारागार निर्माण गर्न गृह मन्त्रालयमा प्रस्ताव पठाइएको जानकारी दिए।
संस्थाका कार्यकारी निर्देशक ऋषिराज ओझाले जनस्वास्थ्य विभागबाट केही स्वास्थ्यकर्मी कारागारमा खटाइएको भए पनि सो सेवा प्रभावकारी हुन नसकेको कुरा बताउनु भएको छ ।

राजधानीको फोहोरको आम्दानी साढे ५३ करोड


२८ माघ, काठमाण्डौं । काठमाण्डौंको फोहोर व्यवस्थापनमा सुधार आउन नसकेपछि काठमाण्डौं महानगरपालिकाले बाषिर्क साढे ५३ करोड रुपैयाँ आम्दानी हुने गरी निजी क्षेत्रलाई दिने तयारी गरेको छ ।

सार्वजनिक निजी साझेदारी कार्याक्रम अन्तर्गत महानगरपालिकाले १० बर्षका लागि निजी क्षेत्रलाई ठेक्कामा दिने तयारी गरेको खबर नेपाल समाचारपत्रले छापेको छ ।

कामपाद्धारा गठित फाहोर व्यवस्थापन तथा शुलक संकलनसम्बन्धी समितिले कामपाका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीलाई बिहीबार बुझाएको ७५ पृष्ठ लामो प्रतिवेदनमा फोहोर व्यवस्थापन विभागलाई समेत खारेज गरी त्यहाँको जनशक्ति महानगरकै अन्य निकायमा खपत गर्ने र स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीलाई सोको व्यवस्था गर्नेसमेत विकल्प खुल्ला गरी समितिले प्रतिवेदन बुझाएको छ ।

महानगरीय प्रहरी नै अवैधानिक, घूस फिर्ता गर्न थाले ट्राफिकले


२८ माघ, काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाले अवैधानिक तरिकाले नगरप्रहरी गठन गरेको तथ्य फेला परेको छ । राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानविनअनुसार स्थानीय स्वायत्त शासन नियमविपरीत नगरप्रहरी गठन गरिएको हो । यसरी अवैधानिक तरिकाले गठन गरिएको नगरप्रहरीले राज्य सुरक्षा निकायले प्रयोग गर्दै आएको कम्व्याट ड्रेस र दज्र्यानी चिह्न पनि दुरुपयोग गर्दै आएको छ।

२०५२ सालमा ‘नगर रक्षक’का रुपमा गठन गरिएको संगठन स्थानीय विकास मन्त्रालयले नगरप्रहरीका रुपमा विकास गरेको थियो । प्रहरी अथवा सुरक्षा निकायको गठन मन्त्रिपरिषद्बाट निर्णय गरेरमात्र गर्नुपर्ने प्रावधान रहेको छ । सुरक्षा निकायमा रुपमा विकास गर्दा संसद्बाट ऐन र मन्त्रिपरिषद्बाट नियमावली बनाएर गठन गर्ने प्रावधान भए पनि कुनै पनि प्रक्रिया नअपनाइकन महानगरले नगर प्रहरी राखेको कान्तिपुरमा खबर छ ।

घूस फिर्ता गर्न थाले ट्राफिक

सातदोवाटोमा बा ४ ख ३७९१ नम्बरको बस चालकलाई ट्राफिकले रोक्न इसारा गरे । इसारा नमानेपछि ट्राफिकले सवारीको कागजपत्र मागे । तर बस चालकले कागजपत्रको सट्टा सय रुपैयाँको नोट पोको पारेर दिए । ड्युटीमा खटिएका प्रहरीले उनले दिएको रकम लिएनन् । प्रलोभनमा पार्ने चालकलाई ट्राफिकले नियन्त्रणमा लियो । र एक रात हिरासतमा राखेर छोडिदियो ।

‘ट्राफिकलाई सय रुपैयाँ दिएपछि कागजपत्र लिन जानुपर्ने झन्झटबाट मुक्ति पाउन खोजेका रहेछन्,’ ट्राफिकका अधिकृतले भने, ‘तर उनी एक रात हिरासतमा बसेर आगामी दिनमा त्यस्तो कार्य नगर्ने सर्तमा छुटे । त्यस्तै बा १ ज २०८७ नम्बरको भाडा ट्याक्सीले केही समयअघि पद्मोदय मोडमा यु टर्न गर्‍यो । चितवन घर भएका चालकलाई ट्राफिकले कारबाही गर्न खोजे । तर उनले ट्राफिकलाई सय रुपैयाँ घूस दिए । ‘घूस दिएर धेरै जरिवानाबाट बच्न खोजेको थिएँ,’ चालकले भने ‘कागजपत्र माग्ने ट्राफिकले मैले दिएको सय रुपैयाँसहित ट्राफिक प्रहरी महाशाखामा बुझाईदिए । एक दिन थुनेर मैले घूस खुवाउन खोजेजति नै जरिवाना लिएर सुध्रने मौका दिएरु आफन्तलाई जिम्मा लगाएर छाड्यो ।’

सकियो माओवादी महाधिवेशनः प्रचण्ड पुनः अध्यक्ष, बोगटी महासचिव




हेटौंडा, माघ २६ – एकीकृत नेकपा माओवादीको सातौं महाधिवेशन पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा ९८ जना केन्द्रीय सदस्य चयन गर्दै सकिएको छ । महाधिवेशनले पोष्टबहादुर बोगटीलाई महासचिव बनाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको केन्द्रीय समितिमा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ उपाध्यक्षमा यथावत हुनुहुन्छ । ज्येष्ठ सदस्य अमिक शेरचनको नेतृत्वमा बसेको बैठकमा डा. बाबुराम भट्टराइले प्रचण्डलाई अध्यक्ष बनाउन प्रस्ताव गर्नुभएको थियो भने नारायणकाजी श्रेष्ठ प्रकाशले समर्थन गर्नुभएको थियो ।

प्रचण्डले भट्टराई र श्रेष्ठलाइ उपाध्यक्ष बनाउन प्रस्ताव गर्नुभएको थियो । १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको एकीकृत माओवादीले बाँकी ५३ जना फेरि मनोनित गरिनेछ ।

पुनः अध्यक्ष बनेपछि प्रचण्डले जेठ १५ भित्र चुनाव गर्न प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउन पहल गर्ने र त्यसमा विपक्षी दल सहमत हुने दावी गर्नुभयो ।

उहाँले मुलुकलाई निकास दिन काँग्रेस एमाल लगायतका दलहरु सहमत हुनुपर्ने बताउनुभयो । पार्टी एक भएको र अझ एकतावद्ध बनाएर क्रान्तिका बाँकी कार्यभार महाधिवेशनको म्याण्डेट पुरा गर्ने प्रचण्डले बताउनुभयो ।

यस्तो छ केन्द्रीय समिति :

१) अध्यक्षः पुष्पकमल दाहाल ‘प्रचण्ड’
२) उपाध्यक्षः बाबुराम भट्टराई ‘लालध्वज’
३) उपाध्यक्षः नारायणकाजी श्रेष्ठ ‘प्रकाश’
४) महासचिवः पोष्टबहादुर बोगटी ‘दिवाकर’
५) अमीक शेरचन ‘एकलव्य’
६) कृष्णबहादुर महरा ‘अमरसिंह’
७) टोपबहादुर रायमाझी ‘अनिल’
८) गिरिराजमणी पोखरेल (पियूष)
९) वर्षमान पुन ‘अनन्त’
१०) लिलामणी पोखरेल ‘अभिषेक’
११) दिनानाथ शर्मा ‘अशोक’
१२) हरिबोल गजुरेल ‘शितलकुमार’
१३) अग्नीप्रसाद सापकोटा ‘कञ्चन’
१४) शक्तिबहादुर बस्नेत ‘सुरेशसिंह’
१५) जनार्दन शर्मा ‘प्रभाकर’
१६) हिसिलायमी ‘राहुल’
१७) नन्दबहादुर पुन ‘पासाङ’
१८) चक्रपाणी खनाल ‘बलदेव’
१९) लोकेन्द्र विष्टमगर ‘अभ्यास’
२०) देवेन्द्र पौडल ‘सुनिल’
२१) हेमन्तप्रकाशवली ‘सुदर्शन’
२२) गोपालकिराती ‘साइला’
२३) हितराज पाण्डे ‘उत्तम’
२४) सुरेन्द्र कार्की ‘पार्थ’
२५) लेखराज भट्ट ‘राकेश’
२६) निरञ्जन (निनु) चापागाई ‘विप्लव’
२७) भीमप्रसादगौतम ‘अरुण’
२८) स्वनाम साथी ‘अनाम’
२९) विश्वभक्तदुलाल ‘आहूती’
३०) विश्वनाथ साह ‘कुमार’
३१) नवराज सुवेदी ‘रत्नसागर’
३२) लिलबहादुर थापामगर ‘जंगध्वजहोग्ले’
३३) डिलारामआचार्य ‘सुरेन्द्र’
३४) गिरीधरीलालन्यौपाने ‘विकास’
३५) जीतवीर लामा
३६) रामचरण चौधरी ‘सागर’
३७) नारायणप्रसाददाहाल ‘सरल’
३८) वामदेव क्षेत्री घिमिरे ‘विकल्प’
३९) ध्रुव पराजुली ‘सन्तोष’
४०) गंगाकार्की ‘विश्व’
४१) सन्तु दराई ‘परवाना’
४२) गणेशमानपुन ‘रश्मी’
४३) जोखबहादुर महरा ‘प्रताप’
४४) पुष्पविक्रममल्ल ‘सिंह’
४५) हितबहादुर तामाङ ‘सम्शेर’
४६) विकेश श्रेष्ठ ‘कुशल’
४७) जगप्रसादशर्मा ‘अपार’
४८) खगराज भट्ट ‘विनोद’
४९) भक्तबहादुर शाह ‘उद्धब’
५०) कालिबहादुर मल्ल ‘जितेन्द्र’
५१) दीपेन्द्रकुमार पुनमगर ‘सिजल’
५२) टेकबहबादुर बस्नेत ‘समरसिंह’
५३) महेश्वर गहतराज ‘अथक’
५४) कमला रोका ‘क्रान्ति’
५५) तेजबहादुर वली ‘प्रतीक’
५६) कालीबहादुर खाममगर ‘विविध’
५७) ओनसरी घर्ती मगर ‘उषा’
५८) झक्कुप्रसाद सुबेदी ‘अधिकार’
५९) धनबहादुर मास्की मगर ‘राजेश’
६०) रामप्रसाद बञ्जाडे ‘टंकमणी शर्मा’
६१) भक्तिप्रसाद पाण्डे ‘महेश’
६२) डोरप्रसादउपाध्याय ‘निर्मलकुमार’
६३) हरिराजअधिकारी ‘कुमार’
६४) कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’
६५) गंगानारायण श्रेष्ठ ‘प्रभात’
६६) प्रभु साह ‘मुक्ति’
६७) जोगकुमार बरबरिया यादव ‘श्रवण यादव’
६८) टंक आङबुहाङ ‘प्रभाव’
६९) सुरेश कुमार राई ‘एस के हिमाल’
७०) कुमार पौडेल ‘कमल’
७१) भीमबहादुर कडायत
७२) केशव नेपाल ‘विजयकुमार’
७३) सर्वोत्तम डंगोल ‘कैलाश’
७४) कृष्णबहादुर केसी ‘मिलन’
७५) शशिश्रेष्ठ ‘जेनी’
७६) प्रल्हाद बुढाथोकी ‘क्षितिज’
७७) डिआर पौडेल ‘प्रवीण शर्मा’
७८) जीवनगौतम ‘अतुल’
७९) रामकुमार यादव ‘विकास’
८०) रामरिझनयादव
८१) हकिकुल्लाखाँ मुसलमान ‘सरोज’
८२) अञ्जनाविसंखे ‘अनन्त’
८३) ईश्वरीप्रसाद भट्टराई ‘विनोद’
८४) घनश्याम शर्मा पौडेल ‘वभैव’
८५) प्रकाश हरी पोखरेल ‘शैलेष’
८६) पेशल खतिवडा
८७) धावालामा ‘विरु’
८८) कर्णध्वज केसी ‘अशोक’
८९) दीपबहादुर योञ्जन ‘घ्याल्चन’
९०) किशनशर्मा ‘उज्ज्वल’
९१) राजु खड्का ‘रुस्तम’
९२) जगतपार्की
९३) कृष्ण भुजेल ‘सेलुन
९४) दिनेश पन्थी
९५) रामकुमार शर्मा ‘निर्माण’
९६) धर्मदत्त देवकोटा ‘दर्शन’
९७) सविनाअर्याल
९८) कृष्णप्रसादशर्मा ‘निडर’

केन्द्रीय अनुशासन आयोग
१. संयोजकः अमिक शेरचन
२. सदस्यः हितराज पाण्डे
३. सदस्यः रामकुमार यादव
४. सदस्यः कल्पना धमला
५. सदस्यः धर्मराज विक
६. सदस्यः तेज प्रसाद कँडेल
केन्द्रीय लेखापरीक्षण आयोग
१. संयोजकः डोरप्रसाद उपाध्याय
२. सदस्यः रामानन्द महतो
३. सदस्यः टेकनाथ आचार्य

कोठा नपाएर लाजिम्पाटको घर छाड्न सकिएन : प्रचण्ड



हेटौंडा, माघ २५ – हेटौंडामा चलिरहेको सातौं राष्ट्रिय महाधिवेशनमा एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले उपयुक्त कोठा नपाएका कारण अहिले बसिरहेको लाजिम्पाटको घर छोड्न नपाएको जिकिर गर्नुभयो ।

महाधिवेशनमा प्रतिनिधिहरुले लाजिम्पाट महल नछोडेको भन्दै आफुप्रति गरेको ब्यंग्य र विरोधको जवाफमा प्रचण्डले यस्तो बताउनुभएको हो । समग्र माओवादी नेतृत्व विलाशी बन्दै गएको भन्दै महाधिवेशनमा त्यसको चर्को विरोध भएको थियो ।

महाधिवेशनमा आफू पक्षीय प्रतिनिधिले निक्कै जोडतोडका साथ उठाएको धोवीघाट प्रकरणमा अध्यक्ष प्रचण्डले उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको समर्थन गर्नुभएको छ । प्रचण्डले धोविघाट प्रकरणमा दुवै निर्दोष रहेको भन्दै भट्टराई र श्रेष्ठको बचाउ गर्नुभएको थियो ।

उहाँले तत्कालीन उपाध्यक्ष मोहन वैद्य किरणनै धोविघाट प्रकरणको मुख्य दोषी रहेको दावी गर्नुभयो । यसअघि महाधिवेशन प्रतिनिधिले नेतृत्वलाई एक्ल्याएर घेराबन्दी गरिएको भन्दै धोविघाट प्रकरणलाई कालो इतिहासका रुपमा लेख्नुपर्ने माग गरेका थिए ।

महाधिवेशनमा उठेका प्रश्नको जवाफ दिंदै प्रचण्डले सीमा विवाद जनमत संग्रहबाट टुंग्याउने कुरा प्रतिवेदनमा त्रुटीबस परेको भन्दै हटाउने प्रतिवद्धता जनाएको र भारतसंग गरिएको विप्पा सम्झौतालाई आफ्नो अनुकुलमा ढाल्न सक्नुपर्ने बताएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

महाधिवेशनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिबेदन सामान्य परिमार्जन सहित पारित भएको छ । प्रवक्ता अग्नि सापकोटाका अनुसार प्रचण्डपथलाई हटाएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिबेदन पारित भएको छ ।

बन्द शत्रमा नारायणकाजीमाथि कारवाहीको माग



हेटौंडा, माघ २४ – एकीकृत नेकपा माओवादीको बन्द शत्रमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशमाथि कारवाही गर्नुपर्ने माग उठेको छ ।

विधि र प्रक्रिया मिचेर पत्रकार सम्मेलन र अन्तर्वार्ता दिएको भन्दै प्रकाशमाथि प्रतिनिधिहरुले कारवाहीको माग गरेका हुन् । प्रकाशले महाधिवेशनको अपमान गरेको उनीहरुको आरोप छ ।

चर्को आलोचना भएपछि बन्द शत्रमा स्पष्टीकरण दिएका प्रकाशले मत राख्नु पाउनु आफ्नो अधिकार भएकोले त्यसको प्रयोग गरेको बताउनुभयो । पत्रकार सम्मेलन नभई आफूले अन्तर्वार्ता दिएको र त्यो प्रचण्ड र भट्टराइले पनि गरेको बताउनुभयो । तर बाबुराम भट्टराइलाई आफूलो राष्ट्रघाति नभनेको भन्दै प्रकाशले बीप्पा सम्झौता गर्दा प्रक्रियागत त्रुटी भएको बताएको स्रोतले जनाएको छ ।

पार्टी भित्र कोही राष्ट्रवादी र कोही राष्ट्रघाती भएको भन्ने आफ्नो मत नरहेको र आफूले पहिलेदेखि बोल्दै आएको कुरा मात्रै बोलेको प्रकाशले प्रष्टिकरण दिनुभयो ।

नेता राम कार्कीले अध्यक्ष प्रचण्डको प्रतिवेदन अपूर्ण भएकोले नयाँ कार्यभार पुरा गर्न आफूले फरक मत ल्याएको प्रष्टिकरण दिनुभयो । प्रचण्डलाई देवत्वकरण गर्न खोजिएको भन्दै कार्कीले प्रचण्डलाई आलोचनात्मक समर्थन आवश्यक रहेको बताउनुभयो ।

लेनिन, स्टालिन र माओको मूल्याङ्कन गर्ने मोहन वैद्यका कमजोरी उल्लेख गर्ने तर आफ्ना कमजोरी उल्लेख नगर्ने भनेर कार्कीले प्रश्न गर्नुभयो ।

अर्का नेता लेखराज भट्टले पहिचान सहितको संघीयता भनेकोले खसान राज्य अखण्ड सुदुर पश्चिम हुनुपर्ने बताउनुभयो ।
नेता गोपाल किराँतीले जातीय मुक्तिबिना पार्टीले सत्ता लिन नसक्ने भएकोले आफूलेृ जातीय पहिचान सहितको संघीयता र त्यही अवधारणा अनुसार राज्यस्तरीय पार्टीको अवधारणा ल्याएको बताउनुभयो ।

निष्कर्ष पेश गर्दै टोली नेताहरुले जनयुद्धको अपमान भएको गुनासो गरेका छन् । उनीहरुले समाजवादी क्रान्तिको कार्यदिशा अस्पष्ट भएको पनि बताएका छन् । प्रतिवेदनमा सुझाव दिने क्रम सकिएको र बिहीबार बिहान अध्यक्ष प्रचण्डले जवाफ दिनुहुनेछ ।
‘जनमत संग्रहबाट सीमा विवाद टुंग्याउने प्रस्ताव गलत’

एकीकृत नेकपा माओवादीले जनमत संग्रहबाट सीमा विवाद टुंगो लगाउने प्रस्ताव गर्नु गलत भएको स्वीकार गरेको छ । महाधिवेशन भित्र प्रतिनिधि र बाहिर बुद्धिजीवी लगायत विभिन्न पार्टीले चर्को विरोध गरेसँगै माओवादीले त्यसलाइ गलत भनेर स्वीकार गरेको छ ।
महाधिवेशनले गल्ती सच्याउने र रचनात्मक सुझाव समेट्ने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।

राज्यको गुप्तचरीमा लगानी बढ्दै


काठमाडौ, माघ २१ - बिनापैसा सूचना नपाइने निक्र्यौल निकाल्दै सरकार अब भारी लगानी पर्ने नयाँ गुप्तचरी प्रणालीमा जाने भएको छ । गृह मन्त्रालयले झन्डै छ महिना लगाएर गरेको गुप्तचरी पुनर्संरचनासम्बन्धी अध्ययनले आकर्षक पारिश्रमिक प्राप्त गर्ने एजेन्टमा आधारित सूचना संकलन प्रणालीको खाँचो औंल्याएको हो ।

त्यही अध्ययनका आधारमा तयार नयाँ गुप्तचरी नीतिको मस्यौदा केही साताअघि मन्त्रिपरिषद्मा पुगिसकेको छ ।

उच्च स्रोतका अनुसार लामो समयदेखि बजेट अभाव, कमजोर नेतृत्व र राजनीतिक हस्तक्षेपका कारण थलिएको राष्ट्रिय अनुसन्धान विभाग (राअवि) मा आमूल परिवर्तन गर्नुपर्ने गृहको अध्ययनले देखाएको छ । भएकै जनशक्तिलाई व्यापक 'रिसफल' गर्ने, तालिम दिने, काम नगर्नेलाई कारबाही र कर्मचारीहरूको गैरव्यावसायिक सम्बन्धलाई नियन्त्रित गर्नेलगायत उपाय पनि पहिल्याएको छ ।

मुलुकभर २ हजार हाराहारीमा नयाँ एजेन्ट थपेर राज्यका लागि आवश्यक सूचना प्रभावकारी रूपमा संकलन गर्ने प्रस्ताव गृहले सरकारसँग राखेको छ । विभिन्न तहका एजेन्टका लागि बेग्लाबेग्लै स्तरको सुविधा पनि प्रतिवेदनमा सुझाइएको छ । राअविले पछिल्ला दशकमा सीमित तलबी कर्मचारी र राजनीतिक भर्तीका केही अस्थायी वा करारवाला कर्मचारीका भरमा दैनिक चारवटा बुलेटिन गृह मन्त्रालय पठाएर काम टार्दै आएको छ ।

खासगरी प्रजातन्त्रोत्तर कालमा राजनीतिक स्वार्थबाट जथाभावी भर्ना गरिएका कर्मचारीबाट राअविले कुनै काम लिन नसकेको देखिएको छ । गृह अधिकारीहरूका अनुसार त्यस्ता अधिकांश कर्मचारीमा हाजिर गरेर जागिर खाने, मौका मिलेसम्म सूचनाको दुरुपयोग गरेर आर्थिक लाभ लिन खोज्ने प्रवृत्ति देखिएको छ । ती कर्मचारीहरू कार्यालय वा आफ्नो कार्यक्षेत्रमा भन्दा राजनीतिक नेता वा पदमा आसीनहरूको वरिपरि घुम्ने र उनीहरूको स्वार्थअनुकूल सूचना संकलनमा संलग्न हुने देखिएको अधिकारीहरूले बताए ।

मुलुकको राष्ट्रिय स्वार्थसँग सम्बन्धित सूचना स्वदेशी भूमिमा सीमित भएर मात्र प्राप्त गर्न नसकिने हुनाले गुप्तचरी को यथोचित अन्तर्राष्ट्रिय क्षमता बनाउन पहल हुनुपर्ने अध्ययनले जनाएको छ । उच्च सामरिक महत्त्व र रणनीतिक अवस्थितिका कारण नेपाल विदेशी गुप्तचरी निकायहरूका लागि 'हटस्पट' बन्दै आएको छ । तर नेपालकै भने गुप्तचरी क्षमता आफ्नै भूमिभित्र पनि राम्रो मानिँदैन ।

राअविको सूचना सामथ्र्य बढाउनुका साथै यसका सेवालाई विशिष्टीकृत गर्नुपर्ने गृहको निष्कर्ष छ । यसले पछिल्ला दशकमा आपराधिक र प्रत्याक्रमणीय गुप्तचरी मा गतिलो योगदान पुर्‍याउन नसकेको देखिएको छ । राअविलाई आपराधिक गुप्तचरी मा अहिल्यै उन्मुख गराएर तत्काल नतिजा ननिस्कने देखिएकाले सम्बद्ध सुरक्षा निकायकै सूचना सामथ्र्य बढाउनुपर्ने भएको छ । यसअनुसार नेपाल प्रहरीभित्र एउटा विशिष्टीकृत सेवाका रूपमा आपराधिक गुप्तचरी सक्रिय पार्नुपर्ने सुझाइएको छ ।

नेपाल प्रहरीमा गुप्तचरी का लागि घुमुवा खटाउने पद्धति चल्दै आएको छ । घुमुवा प्रहरीहरू सूचना संकलन गरेर अपराध अनुसन्धानमा सहयोग गर्नुका सट्टा गैरव्यावसायिक क्रियाकलापमा बढी संलग्न हुँदा विवादित बनेको पाइन्छ । नेपाल प्रहरीले अपराध अनुसन्धानसम्बन्धी सूचना संकलनमा एकीकृत संयन्त्र निर्माणका लागि छुट्टै अध्ययन गरिरहेको छ ।