जनजाति नेता आङ्काजी शेर्पा एमालेबाट निष्काशित






काठामडौं, असार २ – नेकपा एमालेले पार्टी विरुद्ध जथाभावी बोल्दै हिडेको भन्दै एमाले सोलुखुम्बुका उपसचिव आङकाजी शेर्पालाई निष्काशन गरेको छ । शनिबार अध्यक्ष झलनाथ खनालको अध्यक्षतामा पार्टी कार्यालयमा बसेको एमाले स्थायी समिति बैठकले शेर्पालाई निष्काशन गरेको हो ।
...
एमाले स्थायी समिति बैठकले पार्टीहित तथा अनुशासन विपरित जथाभावी अभिब्यक्ति दिएकोले शेर्पालाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो । आदिवासी जनजाती महासंघका महासचिव समेत रहेका शेर्पाले एमालेले जातीय राज्यको पक्षमा समर्थन नगरेकोमा विरोध गर्दै आउनुभएको थियो ।

‘पार्टीको नीति–सिद्धान्त, मूल्य–मान्यता तथा सामाजिक सद्भावको विरुद्धमा सार्वजनिक गतिविधि गर्दै आएका, पार्टीको विधान एवं अनुशासनको सीमा नाघेर माओवादीद्वारा आयोजित सभामा वक्ता बनेर माओवादी सर्वसत्तावादको पक्षपोषणमा उभिएका नेकपा (एमाले) सोलुखुम्बु जिल्ला कमिटीका उपसचिव आङकाजी शेर्पालाई पार्टीको साधारण सदस्यताबाट समेत निश्कासन गर्ने निर्णय गरेको छ’, बैठकपछि एमाले सचिव विष्णुप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

माओवादीले शुक्रबार खुलामञ्चमा गरेको कार्यक्रममा बोल्दै शेर्पाले जातीय पहिचान सहितको संघीयताको विरोध गर्नेको जीब्रो निकालेर भूस्याहा कुकुरलाई खुवाउने बताउनुभएको थियो ।

No comments:

Post a Comment