राष्ट्रपतिले अर्को सरकार बनाए पनि संवैधानिक हुँदैनः गिरी

Sarita Giriकाठमाडौं , असार १४ - नेपाल सद्‍भावना पार्टी (आनन्दीदेवी) की अध्यक्ष सरिता गिरीले हालको सरकार पूर्णत असंवैधानिक सरकार भएकाले यस्तो परिस्थितिमा अन्य राजनीतिक दलहरुले माग गरे जस्तो राष्ट्रपतिले अर्को प्रधानमन्त्री नियुक्ति गर्नु पनि संविधानसम्मत नहुने ठोकुवा गरेकी छन् ।
राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री बाबुराम भट्टराईले तत्काल राजीनामा दिएर मुलुकको संकटकालीन अवस्थालाई निकास दिनुपर्ने धारणा राखिन् । 'संविधानसभा विघटन भएको वेला यो असंवैधानिक काम चलाउ सरकार हो असंवैधानिक सरकारले गरेको काम वैधानिक हुन सक्दैन,' उनले भनिन् ।
पार्टीको कार्यसम्पादन समितिको गत १३ र १४ गते राजधानीमा बसेको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै अध्यक्ष गिरीले मुलुकको विग्रदो अवस्थालाई समाधान गर्न राजनीतिक दलहरुबीचको सहमतिमा अन्तरिम संविधान २०६३ लाई पुनर्जिवित गरी वैधानिक सरकारको गठनका लागि अगाडि बढ्नु पर्ने भन्दै त्यसका लागि पनि प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने जिकिर गरिन् ।

No comments:

Post a Comment