सानो समूह अलग्गिँदैमा असर पर्दैनः महरा

सानो समूह अलग्गिँदैमा असर पर्दैनः महरा



पोखरा, असार ८ – एकीकृत नेकपा माओवादी स्थाई समिति सदस्य कृष्णबहादुर महराले पार्टीबाट वैद्यपक्षीय सानो समुह अलग हुँदैमा माओवादीलाई कुनै असर नपर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल विद्युत प्रधिकरणको तेस्रो केन्द्रीय भेलाको पोखरामा उद्घाटन गर्दै महराले पार्टी फुटेर सुरुमा केही असर परेजस्तो देखिएपनि पछि त्यसले कुनै अर्थ... नराख्ने दाबी गर्नुभयो ।

पार्टी एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा विभाजन हुनु दुःखद् भएको भन्दै उहाँले पहिचान सहित संघीय राज्य लगायतका धेरै मुद्धामा दुबै पक्षको एकमत भएपनि
बैद्य पक्ष अलग भएको आरोप लगाउनुभयो । एकीकृत नेकपा माओवादी विदेश विभाग प्रमुख समेत रहनुभएका महराले अहिलेको अवस्थामा नेपालमा बाह्य शक्तिहरुले समेत ध्यान पु¥याईरहेको हुनाले फुटको फाईदा पार्टीको कुनै पक्षलाई नभई अवसरवादी, प्रतिक्रियावादीहरुलाई मात्रै हुने तर्क गर्नुभयो ।

नेता महराले नेपाल अहिले निकै कठिन अवस्थामा रहेकाले राजनितिक सहमतिको कुनै बिकल्प नभएको बताउनुभयो । दलहरुविच संबादहीनताको अवस्थाबाट छलफल सुरु हुनु सकरात्मक भएको भन्दै काँग्रेस एमालेलाई सत्ता मोहले गर्दा सहमति निर्माणामा ढिलाई भएको उहाँले आरोप लगाउनुभयो । पछिल्लो समयमा सरकार पहिला कि संविधानका विवादित विषयको समाधान भन्नेमा मात्र छलफल हुने गरेको उहाँले जानकारी दिनुभयो ।

माओवादीले सत्ताको कुरालाई खासै महत्व नदिएको भन्दै नेता महराले संविधानका विवादित विषयमा सहमति भएमा सरकार परिवर्तन गर्न माओवादी तयार बताउनुभयो । सहमतिका लागि आफुहरु निर्वाचन मै जानुपर्छ भन्ने अवस्थाबाट पछि हटेर संविधान सभा पुर्नस्थापना लगायतका अन्य विकल्पहरुमा छलफल गर्न तयार रहेको पनि महराले बताउनुभयो ।

माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल विद्युत प्राधिकरणले संगठानिक तथा आर्थिक लगायतका विभिन्न विषयमा छलफल गर्नका लागि भेला आयोजना गरेको हो । भेलामा नेपाल विद्युत प्रधिकरण भित्र भएका विभिन्न विषयमा पनि छलफल हुने संगठनका महासचिव राजाराम ढकालले जानकारी दिनुभयो ।

No comments:

Post a Comment