प्रधानमन्त्री भट्टराई र नर्वेली प्रधानमन्त्रीबीच भेट

baburam

 


  • विद्युतमा लगानी गर्न नर्वे इच्छुक

रियो द जेनेरियो (ब्राजिल), असार ७ - प्रधानमन्त्री बाबुराम भट्टराई र नर्वेली प्रधानमन्त्री जेन्स स्टोल्टेनवर्गबीच यहाँ भइरहेको दिगो विकाससम्बन्धी राष्ट्रसङ्घीय सम्मलेनको सिलसिलामा बिहीबार भेटवार्ता भएको छ ।
सो अवसरमा उनीहरुबीच शान्तिप्रक्रिया, वित्तीय लगानी र नेपालमा जलविद्युतको सम्भाव्यता लगायतका द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको थियो ।
भेटपछि प्रधानमन्त्री भट्टराईले नर्वेली सरकारले आफूले नेपाललाई दिइरहेको विकास सहायताको समीक्षा गरी निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए । ‘नर्वे सरकार नेपाललाई जलविद्युत् विकासमा थप लगानी गर्न इच्छुक छ’, नर्वेली प्रधानमन्त्रीलाई उद्धृत गर्दै प्रधानमन्त्री भट्टराईले भने ।
सो अवसरमा प्रधानमन्त्री भट्टराईले नेपालमा राजनीतिबाहेक आर्थिक विषयहरुमा राजनीतिक दलहरुबीच मतभेद नभएको कुरा नर्वेली समकक्षीलाई जानकारी गराएका थिए । त्यस अवसरमा अन्तर्राष्ट्रिय विकासमन्त्री हिक्की होल्मसको पनि सहभागिता थियो ।

No comments:

Post a Comment