काँग्रेस–एमाले बैद्यसँग मिल्नुपर्छः पोखरेल


बुटवल, असार १७ – नेकपा एमालेका सचिव शंकर पोखरेलले मोहन वैद्यसँग मिलेर कांग्रेस, एमालले राष्ट्रलाई निकास दिनुपर्ने बताउनु भएको छ । प्रेस चौतारी रुपन्देहीले आइतबार बिहान बुटवलमा गरेको पत्रकार सम्मेलनमा उहाँले मुलुकको निकासका लागि वैद्यले नेतृत्व गरेको नेकपा माओवादीसँग मिल्नुपर्ने बताउनु भएको हो ।

माओवादी विभाजित भइसकेको र प्रचण्ड, बाबुराम सर्वसत्तावादको दिशातर्फ उन्मुख भइरहेकोले बैद्यसँग मिलेर सरकार बिरुद्ध कार्यक्रम गर्नुपर्ने बताउनुभयो । पोखरेलले प्रमुख दलहरुको सहयोगमा राष्ट्रपतिले पहलकदमी लिनुपर्ने बताउनु भयो ।

No comments:

Post a Comment