पूर्वराजाका अनलाइनमा कुन-कुन नेताको प्रसंसा

पूर्वराजाका अनलाइनमा कुन-कुन नेताको प्रसंसा



२८ जेठ, काठमाण्डौ । आफुलाई राजाबादी दावी गर्ने कमल थापाहरुले नागार्जुनमा रहेका ज्ञानेन्द्रलाई नारायणहिटीमा पुर्नस्थापना गर्ने बताइरहँदा पूर्व राजाबादीहरु अनलाइनमा सक्रिय देखिएका छन् ।
राजाबादीहरुले चलाएका दुईवटा वेबसाइटले यतिखेर राजसंस्था पुर्नबहालीका पक्षमा माहौल बनाइरहेका छन् । नेपाल रोयल डटकमनेपालको आवाज नामक ब्लग साइटमा राजाबादीहरुले राजसंस्था पुर्नबहालीका लागि उपर्युक्त अबसर रहेको मात्र बताएका छैनन, संबिधानसभा बिघटन गरेर माओवादीलाई परास्त गर्न कांग्रेस एमाले सफल भएको समेत उद्घोष गरेका छन् ।
ससर्ती हेर्दा नेपाल रोयल डटकम राजपरिवारका सदस्यले चलाएको जस्तो देखिन्छ भने नेपालको आवाज नामक साइटमा ज्ञानेन्द्र साहकै नाममा अपडेट गरिएको छ । पूर्व राजाका कुन तहका सहयोगीहरुले चलाएका हुन भन्ने स्पष्ट नपारिएपनि राजाबादीहरुले अहिले यी दुई साइटलाई रिफरेन्स दिएर कुरा गर्न थालेका छन् ।
नेपाल रोयल नामक साइटमा पूर्व राज परिवारका सवै सदस्यलाई बहालवाला राजसंस्थाकै हैसियतमा महाराजधिराज, बडामहारानी, युवराज र नबयुवराज भनेर संवोधन गरिएको छ । पूर्व राजपरिवारका सदस्यको जीवनीदेखि हिमानी ट्रष्टका गतिबिधिसमेत समेटिएको साइटमा नेपालको राजसंस्था संक्रमणकालमा रहेको उल्लेख गरिएको छ । माओवादी नियन्त्रित संबिधानसभाले नेपाललाई गणतान्त्रिक मुलुक घोषणा गरेपनि धेरै नेपालीले राजतन्त्र भाग्य फैसला जनमतसंग्रहबाट हुनुपर्ने माग गरेको साइटमा उल्लेख छ ।
नेपालको आबाज नामक ब्लग साइटलाई ज्ञानेन्द्रको निजी ब्लगजस्तो गरि बनाइएको छ । उनको तस्वीर, उनकै सम्बोधन राखिएको साइटमा दैनिकजसो अपडेट गरिएको छ ।
साइटको जुन ८ तारिखको अपडेटमा संबिधानसभा भंग भएको परिप्रेक्षमा भनिएको छ-’एक हिसाबले हेर्दा देश चित्रबहादुर केसीको एजेन्डामा फर्किएको छ । चित्रबहादुर केसीले भने कांग्रेस र एमालेले माओवादी षड्यन्त्रलाई परास्त गरेर देश जोगाएको जस दिएका छन् । केसी, नारायणमान विजुक्छे र कोइराला, खनाल, नेपाल र ओलीले माओवादी र मधेसवादीको षड्यन्त्र चिर्दै देश जल्नबाट जोगाएका हुन् । यसपटकको कांग्रेस र एमाले नेतृत्वले देशलाई गृहयुद्धबाट जोगाएर आफूहरूलाई सही नेता साबित गरेका छन् ।’

No comments:

Post a Comment