एमाले असन्तुष्ट पक्षको भेला

बनेपा, असार ६ - नेकपा (एमाले)का उपाध्यक्षसहितका असन्तुष्ट नेताहरूको गोप्य बैठक आजदेखि धुलिखेलमा सुरु भएको छ।एमालेका उपाध्यक्ष अशोक राई, नेता पृथ्वीसुब्बा गुरुङ लगायतका नेताहरू समेत सहभागी भएको सो बैठकमा कसैलाई प्रवेश नदिएको प्रहरी स्रोतले जानकारी दिएको छ।
भावी रणनीति तय गर्न स्थानीय मिरावेल रिर्सोटमा सुरु भएको सो बैठकमा राष्ट्रिय कार्यकर्ता भेला र सङ्घीयताबारे आएको सुझावलाई छलफलको विषय बनाइएको छ।
एमालेका असन्तुष्ट आदिवासी, जनजाति, मधेसी नेताहरूले जातीय पहिचानसहितको सङ्घीयता माग गरे पनि एमालेले बहुपहिचानमा जोड दिएको छ।
जातीय पहिचानमा पार्टी नजाने भएपछि आदिवासी तथा जनजाति र मधेसी नेता एमालेभित्र असन्तुष्ट हुँदै आएका थिए।
भोलिसम्म जारी रहने सो बैठकमा आदिवासी जनजाति र मधेसीसहित २० नेताहरूको सहभागिता रहेको प्रहरी स्रोतले जनाएको छ। -रासस

No comments:

Post a Comment