काठमाडौ, असार १५ - मन्त्रिपरिषद्ले आफ्ना कामकारबाही सहज बनाउन प्रधानमन्त्री,
उपप्रधानमन्त्री र मन्त्रीहरू रहेको ५ समिति गठन गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो
बैठकले सरकारको कार्यसम्पादन नियमावलीबमोजिम राजनीतिक, प्रशासन, सामाजिक, आर्थिक
तथा पूर्वाधार र विधेयक समिति बनाएको हो । मन्त्रिपरिषद्मा आउने विभिन्न प्रस्तावमा
सम्बन्धित समितिमा विज्ञहरूको समेत राय लिई छलफलपछि निर्णयमा पुग्न समिति गठन
गरिएका हुन् ।
प्रधानमन्त्री बाबुराम भट्टराईको अध्यक्षतामा राजनीतिक र प्रशासन, उपप्रधान एवं
गृहमन्त्री गच्छदारको संयोजकत्वमा सामाजिक, अर्थमन्त्री वर्षमान पुनको संयोजकत्वमा
आर्थिक तथा पूर्वाधार र पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीको
संयोजकत्वमा विधेयक समिति गठन गरिएको हो ।
No comments:
Post a Comment