१२ बुँदै समझदारी र माओवादीको चुनवाङ वैठकको कार्यदिशा ठिक थिएन भन्ने वैद्य समूहले आफ्नो एजेण्डाको रक्षा गर्ने हो भने फेरि हतियार उठाउनुपर्छ, तर वैद्य पक्षकै नेताहरु तत्काल जनयुद्ध सम्भव छैन भन्छन् । बाबुराम प्रचण्डहरुले गरेका क्रियामा प्रतिक्रिया देखाउनु उनीहरुको अन्य राजनीतिक अडान देखिएन् । कहिले अति संसदबादी त कहिले अति जडसुत्रबादी चरित्र देखाइरहेको छ बैद्य समूहले । अर्थात उनीहरुको बोली र ब्यबहारमा एकरुपता छैन, स्थीरता पनि छैन् । पूर्व राजा र राजाबादीहरुसँगको उठबसले पनि उनीहरु राष्ट्रबादी चरित्र देखाएर परिआए राजाबादीसँग पनि मिलेर जाने योजनामा रहेको देखिन्छ ।
अहिले कुनैपनि बैधानिक निर्वाचित निकाय वा संसद नभएको अबस्थामा माओवादी फुट्नुको कुनै गणितीय अर्थ त नहोला तर राजनीतिकरुपमा प्रचण्ड-बाबुरामहरु कमजोर हुनेछन् । चुनाव भयो भने वैद्य पक्षले धेरै सिट त नल्याउला, कुनै गणना गर्न लायकको उपस्थीति नहोला तर संस्थापन पक्षीय माओवादीका उम्मेदवारलाई हराउन भने सजिलै सक्नेछन, जसको फाइदा कांग्रेस एमालेले लिन सक्छन् । यदि त्यस्तो अबस्था देखियो भने अहिले चुनावमा जान आनाकानी गरिरहेका कांग्रेस एमाले चुनाव जाने योजनामा लाग्नेछन् भने एकीकृत माओवादीले चुनावलाई प्राथमिकता दिनेछैन् ।
पार्टी नेतृत्व र राज्यबाट असन्तुष्ट रहेका कार्यकर्ताको भीड जम्मा पार्न बैद्य पक्ष केही हदसम्म सफल भएपनि उनीहरुको राष्ट्रिय राजनीतिमा उपस्थीति न्यून हुने छ । यस परिस्थीतिमा संस्थापन पक्षीय माओवादीले आफ्नो कार्यदिशा कार्यन्वयन गरेर जान सजिलो भने हुनेछ । संस्थापन पक्षीय माओवादीमा अब बाँकी रहेका तीन गुट एकजुट हुन्छन् कि पुरानै तरिकाले अगाडी बढ्छन् त्यसले पनि निर्धारण गर्ने छ संस्थापन पक्षीय माओवादीको आकार र हैसियत । बैद्य पक्षको फुटलाई शिक्षाका रुपमा लिँदै भएका नेता कार्यकर्तालाई एकजुट पार्न सकेन भने माओवादीमा फुटको पहिलो गइरहनेछ ।
No comments:
Post a Comment