काठमाडौं एयरपोर्टमा लाठिचार्ज, प्रधान मन्त्री विमानस्थल छिरे -


काठमाडौं, असार ४ (नागरिक)- ब्राजिल जान लागेका प्रधान मन्त्री बाबुराम भट्टराईको विरोधमा उत्रेकाहरुलाई प्रहरीले लाठिचार्ज गरेको छ। कामचलाउ सरकारका प्रधान मन्त्रीले उक्त कार्यक्रममा जान नहुने भन्दै विपक्षी दलका नेता/कार्यकर्ताले दिउसैदेखि विरोध जारी राखेका छन्। विरोधका वावजुद उनी विमानस्थल प्रवेश गरेका छन्।
नीहरुको विरोधले विमानस्थल क्षेत्रको यातायातसमेत प्रभावित भएको छ। आक्रोशित प्रदर्शनकारीले विरोधका क्रममा दुई वटा गाडीसमेत फोरेका छन्।

प्रधान मन्त्री ब्राजिलको रियो दि जेनेरियोमा आयोजित एक कार्यक्रममा भाग लिन जाँदैछन्। यस कार्यक्रममा परराष्ट्र मन्त्रालयका एक कर्मचारी गए हुनेमा कामचलाउ भइसकेका भट्टराई जानु उचित नहुने भन्दै विपक्षीहरुले केही दिनदेखि नै विरोध गर्दै आएका छन्। यही कारण आज विमानस्थल र उक्त स्थान जाने बाटोहरुमा व्यापक सुरक्षाकर्मी तैनाथ गरिएको छ।

No comments:

Post a Comment