भट्टराईका ४० सूत्रीय माग उनैलाई

काठमाडौ, असार १५ - नेकपा-माओवादीका भ्रातृ संगठनहरूले २०५२ मा सशस्त्र युद्ध सुरु गर्नुअघि तत्कालीन जनमोर्चा नेपालका नेता बाबुराम भट्टराईले शेरबहादुर देउवाको सरकारलाई बुझाएको ४० सूत्रीय माग उनैलाई बुझाउने भएको छ । आफूले पेस गरेका माग प्रधानमन्त्री भएका बेला पूरा गर्न सक्छ कि सक्दैनन् भन्दै माग पेस गर्न लागेको माओवादी वरिष्ठ पोलिटब्युरो कुलप्रसाद केसीले जानकारी दिए ।
'जनमोर्चाको नेताको रूपमा पेस गरेका माग अहिले आफैं प्रधानमन्त्री पूरा गर्ने हैसियत छ कि छैन भनेर बाबुरामलाई पेस गर्न लागिएको हो,' उनले कान्तिपुरसँग भने, 'माग पूरा गर्नेमा हामीलाई विश्वास छैन, तैपनि यो एकप्रकारको व्यंग्य पनि हो ।'
४० सूत्रीय मागमा राष्ट्रियता, गोलमेच सभा, अन्तरिम सरकार र जनताका सरोकारका विषय समेटिनेछ । यी मागबाट नै माओवादीको जनविद्रोहको बाटो तय हुनेछ । जुन माग तत्काल भट्टराई सरकारले पूरा गर्न कठिन हुनेछ । केसीले चार 'स्वा' को अभियान सुरु गर्न लागेको पनि जनाए । 'राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र संघीय स्वायत्तता सुनिश्चताका लागि अभियान सुरु हुने छ' उनले भने ।
अध्यक्ष मोहन वैद्य र महासचिब रामबहादुर थापाले बिहीबार जारी गरेको विज्ञप्तीमा राजनीतिक निकासका लागि संघर्ष गर्ने उल्लेख छ । 'गोलमेच सभा, अन्तरिम संयुक्त सरकार र अग्रगामी राजनीतिक निकासको पक्षमा आधार तयार पार्नका लागि संघर्षर् संगठित गर्ने ।

No comments:

Post a Comment