सैनिक अधिकृत बनाइदिने भन्दै ठगी

काठमाडौ, जेष्ठ ३२ - नेपाली सेनाको लेफ्टिनेन्टमा जागिर लगाइदिने भन्दै ठगि गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सल्यान घर भएका तीन युवकलाई लेफ्टिनेन्टमा जागिर लगाइदिने भन्दै ठगि गर्ने रामेछाप फुलासीका प्रमोद गुरुङलाई पक्राउ गरेको हो । उनका सहयोगी सुरेन्द्र गुरुङ फरार छन् ।
नेपाली सेनाको क्याप्टेन भएको बताउँदै गुरुङले सल्यान कजेका वीरेन्द्र भण्डारी, संजयकुमार तिरुवा र जीवन अधिकारीबाट १५ लाख रुपैंया लगेका थिए । नेपाली सेनाको मेजरको ड्रेस लगाएर आफु प्रधानसेनापति छत्रमानसिंह गुरुङको भाइ बताउँदै ठगि गरेको प्रहरीले जनाएको छ । उनीहरुले नागरिकता र एसएलसीका प्रमाणपत्र लगेर प्राबिधिक तर्फ जागिर लगाइदिने भनेको प्रहरीले जनाएको छ । गुरुङद्धयले भण्डारीबाट ८ लाख, सञ्जयकुमार तिरुवाबाट ३ लाख र जीवन अधिकाबाट ३ लाख रुपैंया लगेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment