विपक्षीको सभाको प्रत्यक्ष प्रशारण गरेका कारण धिताललाई पदबाट हटाइयो



काठमाडौं, असार ४ - सरकारले विपक्षी दलको सभाको प्रत्यक्ष प्रसारण गरेको भन्दै नेपाल टेलिभिजनका कायम मुकायम महाप्रवन्धक दीपक मणि धिताललाई पदबाट हटाएको छ । मन्त्रिपरिषदको सोमवार बसेको बैठकले धिताललाई कायम मुकायम महाप्रबन्धकबाट हटाएको हो ।

जेठ २६ गते काठमाडौंको खुलामञ्चमा भएको विपक्षी दलको सभाको प्रत्यक्ष प्रसारण गरेकोमा प्रधानमन्त्री... डाक्टर बाबुराम भट्टराईले धिताल र समाचार प्रमूख राजेन्द्रदेव आचार्यसँग मौखिक स्पष्टीकरण लिनुभएको थियो । सूचना तथा संचार मन्त्रालयले धिताललाई कारवाही गर्ने प्रस्ताव आइतवरा मन्त्रिपरिषदको कार्यालयमा पठाएको थियो । प्रधानमन्त्रीले मागेको मौखिक स्पष्टीकरणमा धिताल र आचार्यले निजी टेलिभिजनसँग प्रतिष्पर्धा गर्नु परेकाले विपक्षी दलको सभाको प्रत्यक्ष प्रसारण गरेको बताउनु भएको थियो ।
स्पष्टिकरण चित्त बुझ्दो नभएका कारण धिताललाई हटाईएको मन्त्रिपरिषद श्रोतले जनाएको छ । मन्त्रिपरिषदले धिताललाई अव नायव महाप्रवन्धककै जिम्मेवारीमा फिर्ता पठाउने निर्णय गरेको हो ।
प्रधानमन्त्रीले विपक्षी दलको सभाको किन प्रत्यक्ष प्रशारण गरेको भन्दै धिताल र आचार्यसँग स्पष्टिकरण लिईसकेपछि असार १ गते भएको माओवादीको सभाको पनि नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो ।

यसैबीच नेपाल पत्रकार महासंघले विपक्षी दलहरुद्वारा आयोजित कार्यक्रम प्रत्यक्ष प्रसारण गरेको पृष्ठभूमिमा मन्त्रिपरिषद्को आजको बैठकले नेपाल टेलिभिजनका कायममुकायम महाप्रबन्धक दीपकमणि धिताललाई कायममुकायम महाप्रबन्धक पदबाट मुक्त गर्ने निर्णय गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव ओम शर्माले निकालेको विज्ञप्तिमा लोकतान्त्रिक सरकारले आफैं आमसञ्चारमाध्यम सञ्चालन गर्नु हुन्न भन्ने महासंघको मान्यता रहेको स्मरण गराउँदै महासंघ टेलिभिजनजस्तो सूचना र विचार प्रवाह गर्ने माध्यमलाई साझा, निष्पक्ष र हस्तक्षेपरहित वातावरणमा सञ्चालन हुने अवस्था सिर्जना गर्न सरकारसँग माग गर्दछ भनिएको छ ।

No comments:

Post a Comment