बमका हत्यारा बाबुराम र प्रचण्ड, गच्छदार मतियार



हत्याको फाइल बन्द नभएसम्म बाबुरामले प्रधानमन्त्रीको कुर्सी नछोड्ने --
हत्याराहरुलाई युरोपतर्फ पठाउने तयारी पूरा --
स्थलमार्ग मार्फत भारत हुँदै पठाउने जिम्मा गच्छदारको --
काठमाडौं, जेठ ३०। देशको प्रधानमन्त्री नै सम्मानित अदालतका न्यायाधिशको हत्यामा संलग्न हुनसक्छन् भनेर कसले सोच्न सक्छ? अनि त्यसमा पार्टी अध्यक्ष प्रचण्ड भनिने छविलाल उर्फ पुष्पकमल दाहालको साथ।
देश संकमक्रण कालमा छ। प्रधानमन्त्रीको कुर्सी छाड्नु छैन। संविधानसभा र व्यवस्थापिका संसद बचे आफ्नो पार्टी र मधेसवादी दलहरु आफू भन्दा ठूलो समुहले पार्टी नै कब्जा गर्न डर। एमाले र कांग्रेसका जनजातीहरुलाई प्रलोभन दिए पनि पार्टीमा संषर्घ गर्ने तर पार्टी फोड्ने हैसियत आफूहरुसँग नभएको भनेर दिएको धोका। पार्टी कब्जा गर्नेहरुलाई ठिक पार्न गरिएको संविधान सभाको भंग आदिबाट देशी विदेशीको ध्यान अर्कोतर्फ मोडन नसके सबै शक्ति आफू र आफ्नो पार्टीमाथि खनिने हुँदा कुनै न कुनै उपदो नगरि सुखै थिएन।
संविधान त बनाउनु थिएन नै। त्यसमाथि जातिजनजातिबिच लडाई पनि तत्काल हुने कुनै छाटकाट नै नदेखिएको अवस्थामा कम्तिमा २०―३० बर्ष जति तानाशाही सरकार त्यो पनि आफू नै राष्ट्रपति बन्नु पर्ने प्रचण्ड र बाबुरामको महत्वकांक्षा।
विश्वका हरेक तानाशाहले शक्ति हातमा लिनु अघि देशमा कुनै न कुनै उपद्रो गरी लाखौ नागरिक वा उच्चपदस्थ व्यक्तिहरुको कत्लेआम गरि त्रास सिर्जना गरिएको इतिहास पढ्को यत्रो बर्षसम्म पनि कुनै उपद्रो नगर्न नपाएको कुन्ठा।
२१ औ शताव्दीमा आएर लाखौ त कुरै छोडौ अब हजारौलाई मात्रा आफ्नै नेतृत्वमा हत्या गरिएपछि अन्तर्राष्ट्रिय अदालतको निर्णयअनुसार झुण्डिनुपर्ने डर। त्यसबाट बच्न र संविधान पनि नभएको अवस्थामा एक मात्रा शक्ति भनेको अदालत नै भएकाले त्यहि समुहलाई त्रासमा पार्न पाइयो र आफू अनुकुल निर्णय गराउनु पाउने हो भने र आफ्नो बाटो रोक्ने कोही पनि नहुने बाबुराम भट्टराईको खुरापाती दिमागको उपज र त्यसमा साथ र सहयोग गर्ने प्रचण्ड नामको १३ हजारको हत्याराका साथै मधेसीको राजा सम्झने विजयकुमार गच्छदारको पनि साथ पाएपछि भएको हो घटना बमलाई गोली।

पाठकहरुलाई लाग्यो होला यो कुनै नेताले गरेको भाषण होला भनेर। यो त राष्ट्रिय अनुसन्धान र नेपाल प्रहरीको समुहले हाल सम्म गरेको अनुसन्धानको निचोड।
नेपाल प्रहरीको अनुसन्धान टोलीका स्रोतका अनुसार राष्ट्रिय अनुसन्धानले उपलब्ध गराएको रिपोर्ट समेत साथ राखि नेपाल प्रहरीले अनुसन्धानलाई कामचलाउ प्रधानमन्त्री डा बाबुराम भट्टराई, गृहमन्त्री रहेका विजयकुमार गच्छदारका साथै माओवादी अध्यक्ष पुष्पकमल दाहालको विगत १ महिनादेखिको टेलिफोनको रेकर्ड र बारम्बार तीन नेताहरुबीच भएको गोप्य वार्तासमेततर्फ केन्द्रित गरेको थियो।
जासुसी सूचनाका आधारलाई समेत अनुसन्धानबाट तीनै व्यत्तिः अपराधि देखिएपछि नेपाल प्रहरी रिपोर्ट कसलाई बुझाउने भन्नेमा अन्यौलमा परेको छ। रिपोट जस्ताको तेस्तै बुझाउने हो भने आफ्नो जागिरको भविष्य अथवा परिवार र आफ्नो सुरक्षा नै के हुने भन्ने विषयमा प्रहरी महानिरीक्षकसँग सोध्न पुगेका प्रहरीका वरिष्ठहरु नै महानिरीक्षकको भनाईले झनै त्रसित हुन पुगेका छन्। भेटमा महानिरीक्षकले आजसम्म के कति भिभिआईपीहरुको हत्या भयो सबै बाहिर नआउनुको कारण पनि थाहा हुन नसक्ने तपाईहरु कसरी बरिष्ठ हुनु भयो भन्दै के मलाई समेत मार्न चाहनुहुन्छ? भन्दै हपारेका थिए। अरुसँग निउ खोज्नु प्रचण्ड र भारतले बनाईदिएका प्रधानमन्त्री भट्टराई र भट्टराईलाई सहयोग गर्न पठाइएका गच्छदारसँग निउँ खोजियो भने मित्रराष्ट्र समेत लागेर दरबार जस्तै गति हामीलाई पनि यहि हेडक्वाटरमा नै सिध्याउँछन् भन्दै लगलग कामेका थिए।
महानिरीक्षकको अवस्था देखेर त्रसित प्रहरी अधिकारीहरुको अवस्था त झनै हेर्न लायक थियो।

यसैबीच प्रहरी रिपोर्ट अनुसार हत्याराहरु मध्ये एक माओवादी उच्चस्तरका लडाकु हुन भने अर्का मधेसका युवक गच्छदारका नजिकका हुन्। प्रहरी स्रोतले उनी प्रहरी सेवाका कै हुन अथावा भगौडा वा मधेसका आतंककारी हुन् भन्ने बारेमा भने भन्न चाहेन।
अर्का हत्यारामा संलग्न बमका सवारी चालक अष्ट लामा सर्वोच्च अदालतका माओवादी युनियनका सदस्य समेत रहेको खुलेको छ । प्रहरीले चालकमार्फत नै हत्यामा संलग्नहरुको हुलिया र संलग्नताबारे जानकारी पाएको हो।
माओवादी अध्यक्ष र प्रधानमन्त्री र गृहमन्त्रीले समेत पटक पटक चालकलाई छोड्न दबाब दिए पनि प्रहरीले छोड्न मानेको छैन। प्रहरीले सुरुमा धेरै दबाब आएपछि छोडेर चालकको चालचलन हेर्ने इच्छा देखाएको भए पनि उसलाई पनि अमर लामा बनाउने सूचना प्राप्त भएपछि त्यसबाट पछि हटेको छ।
उसले अनुसन्धानमा समेत सहयोग गर्न अनकनाइरहेको छ। उसले पटक पटक आफ्नो र परिवारको चिन्ताका खातिर मलाई मारिदिनुस् तर अन्य कुरा नसोध्नुस भन्ने गरेको अनुसन्धान टिम स्रोतले जानकारी दिएको छ।

यसैगरी स्रोत भन्छ हत्याराहरुलाई गल्ति गरिएछ भन्ने सोच पलाई सकिकेको छ भने विदेशीको आडमा मात्रा राजनीति गर्न सकिदो रहेछ भन्ने पनि बुझेपछि अनि हत्याको फाइल पूरै बन्द भएपछि मात्रा देशको राजनीतिले बाटो पक्रन्छ। हत्यासँग राजनीति कसरी जोडियो भन्ने प्रश्नमा स्रोतको दाबी छ हेर्दै जानुस् जुन दिनसम्म फाइल पूर्ण रुपमा बन्द हुँदैन त्यसदिनसम्म बाबुरामले राजिनामा नै दिदैनन्। यसैबाट बुझ्नुस हत्याराहरु शक्तिबाट टाडा हुन चाहँदैन्न।

यदि राष्ट्रपतिले कामचलाउन सरकार हटाउने जस्तो माहौल बनेमा प्रहरीले रिपोर्ट राष्ट्रपतिलाई बुझाउने छ र त्यसैका आधारमा तीन जनालाई जेल लगेर नागरिक समाजसमेतको संलग्नतामा राष्ट्रिय सरकार बन्ने छ।

No comments:

Post a Comment