प्रधानमन्त्रीको राजिनामा आवश्यक छैनः ओली

KP Oliमन्थली, असार १७ - एमालेका नेता केपी शर्मा ओलीले कामचलाउ सरकारका प्रधानमन्त्रीको राजिनामाको आवश्यकता नभएको बताएका छन् ।
कामचलाउ सरकारको अब आवश्यकता छैन ओलीले भने, ‘अर्को सहमतिको सरकार बनाउनु अघि राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्छ । कामचलाउ सरकार लामो समयसम्म जानहुँदैन, जान दिइँदैन ।’ उनले संविधानसभाको म्याद थप्नुको औचित्य भएको बताए ।
रामेछापको मन्थलीमा स्थापना गरिएको मदन आश्रित शालिकको आइतबार अनावरण गर्दै ओलीले माओवादीले सत्ता कब्जा गर्ने नियतले भइहरेको संसद विघटन गरेर षड्यन्त्र गरेको बताए । संसद वहाल रहेकै अवस्थामा मंसिर ७ मा चुनाव घोषणा गरेर माओवादीले केटाकेटीपन देखाएको आरोप ओलीले लगाए । उनले अहिलेको अवस्थामा मंसिर ७ मा कुनै पनि हालतमा चुनाव सम्भव नभएको बताए । कुनै संवैधानिक र कानुनी बाटो नभएको चुनावको घोषणा गरेर माओवादीले एउटा नक्कली कुरा गरिरहेको आरोप ओलीले लगाए ।
माओवादीले विगतमा दलहरू बीच भएका कयौं सम्झौता पालना नगरेको ओलीले बताए । उनले माओवादीको भनाइ र गराइमा फरकपन भएकैले मुलुक यो अवस्थामा पुगेको दाबी गरे । हिजोको बलजफ्तीले आज चल्दैन ओलीले भने अहंकार, बलजफ्ती, पख्लास र चाख्लास भनेर होइन, मुलुकलाई रुपान्तरण गर्ने हो भने बलजफ्तीलाई माओवादीले त्याग्नै पर्छ । उनले विगतमा १७ हजार नागरिकको ज्यान लिएर पनि कुनै परिवर्तन गराउनका लागि माओवादी अक्षम भएको आरोप लगाए । त्यति प्रधानमन्त्री र महल चाहिएको भनेको भए हामी दिइहाल्थ्यौ नि किन त्यतिकाको ज्यान लिनुपरेको थियो ओलीले भने ।
भाषणको अधिकांश समय माओवादी र त्यसका गतिविधिको तिखो आलोचना गरेका ओलीले आफू माओवादीको आलोचक गर्न योग्य नभएको समेत दाबी गरेका थिए । म जति राजनीति गर्नेले कर्कलाको पातलाई बन्चरो लाउँदिन ।

No comments:

Post a Comment