नयाँ बाटो र विचार चाहियो’





सूर्यकुमार क्षेत्री/ उज्यालो । काठमाडौं, असार ७ – वर्तमान राजनीनिक संकट र पार्टीभित्रको विवाद समाधान गर्न नेपाली काँग्रेसका सदस्यहरुले सभापति सुशील कोइरालासँग लिखित प्रस्ताव माग गरेका छन् । संविधानसभाको विघटन पछि नयाँ बाटो र विचारको खाँचो परेको भन्दै सदस्यहरुले कोइरालासित यस्तो प्रस्ताव माग गरेका हुन् ।
...
काँग्रेस केन्द्रीय समितिको बिहीबारको बैठकमा सहभागी सदस्यहरुले सभापति कोइरालाले लिखित प्रस्ताव नल्याएसम्म बैठक नबस्ने समेत बताएका छन् । सदस्यले उठाएको प्रस्ताव जायज भन्दै सभापति कोइरालाले पदाधिकारीसँग छलफल गरि दिनभित्रै लिखित प्रस्ताव ल्याउने प्रतिवद्धता जनाउनुभएको स्रोतको दावी छ ।

१२ औं महाधिवेशन पछि महासमिति बैठक बस्न नसकेको भन्दै धेरै जसो सदस्यले सभापति कोइरालाको आलोचना गरेका छन् । स्रोतका अनुसार बैठकमा बोल्ने अधिकाँस सदस्यले महासमिति बैठक र जिल्ला सभापतिको भेला छिटो बोलाउन नेतृत्वलाई दवाव समेत दिएका छन् । ‘पार्टी विवाद मिलाउन र राजनीतिक संकट टार्न सभापति कोइराला राजी हुनुभएको छ’, काँग्रसका एक केन्द्रीय सदस्यले भने, ‘छलफल गरेर लिखित प्रस्ताव ल्याउँछु भन्नुभएको छ ।’

जनजातिका माग सम्बोधन गर्न समिति गठन

बैठकले जनजातिका माग सम्बोधन गरि पार्टीको आधिकारिक धारणा तय गर्न सदस्य भीमबहादुर तामाङ्गको संयोजकत्वमा सात सदस्यीय समिति गरेको सदस्य अर्जुननरसिंह केसीले जानकारी दिनुभयो ।

बैठकले बुधबार विघटन गरिएको चितवन जिल्ला समितिको अधिवेशन भदौ १५ गते भित्र गर्ने निर्णय गरेको छ । काँग्रसले अधिवेशनका लागि चितवन काँग्रेसका पूर्व सभापति टेकबहादुर गुरुङ्गको नेतृत्वमा १५ सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ ।

No comments:

Post a Comment