शेर्पाद्वारा पार्टी परित्याग, प्रबासबाट पनि एमालेलाई झट्का






केजिन राई,ब्रसेल्स बेल्जियम ,जुलाई  २६। संघियताको सवालमा नेकपा एमालेको  दोधारे तथा अस्पष्ट नीतिका कारण र षड्यन्त्रमुलक ढंगले  संबिधान सभाको बिघटन गरिएपछी एमालेबाट  बितृष्णा पैदा भई पार्टी परित्याग गर्ने क्रमले युरोपलाई पनि छाडन सकेन।
झनै  एमाले प्रबास संगठन लोकतान्त्रिक मन्च पोर्चुगलको अधिबेशनमा नेपालबाट आएका   अतिथी तथा  पार्टी पोलिटब्यूरो सदस्यद्वय भिम रावल र प्रकाश ज्वालाको कार्यक्रममा नेपाल आदिबासी जनजाती महासंघ पोर्चुगलले बिरोध स्वरुप कालो झण्डा देखाइनु र पार्टीबाट राजिनामा आऊनुले एमाले यूरोपलाई अर्को झटका लागेको छ।
 पोर्चुगलको घटना पश्चात नेताद्वयले जर्मनी ,बेल्जियम ,फ्रान्स, नेदरल्याण्ड  लगायत यूरोपभर गर्ने भनिएको कार्यक्रमहरूको तालिका सार्बजनिक नगरिनु लोकतान्त्रिक मंच युरोपको संगठनमा ब्यापक त्रास उत्पन्न भएको आंकलन गर्न थलिएकोछ।
यसै सन्दर्भमा नेपाल आदिबासी जनजाती महासंघ बेल्जियमका अध्यक्ष तथा गैर आबासिय नेपाली संघ अन्तराष्ट्रीय समन्बय परिषद  आईसीसी  सदस्य पेम्बा गेल्बु शेर्पाले एमाले लगायतका राजनीतिक पार्टीहरूले जातीय पहिचान सहितको संघियता नस्वीकारे सम्म युरोपभर संघियता बिरोधी नेताहरूको आतिथ्यतामा कार्यक्रमहरू आयोजना गर्न चुनौतिपूर्ण बन्दै गएको बताए ।
अध्यक्ष शेर्पाकै शब्दहरू दोहोर्याउदै महासंघ बेलायतका महासचिब नरेश काङ्माङ राई ,आदिबासी सयुक्त संघर्ष समिती जर्मनीका सयोजक चाप्चा राई ,एनडीएफ स्पेनका उपाध्यक्ष हेम शेर्पा ,महासंघ पोर्चुगलका पूर्व अध्यक्ष गणेश याखा लगायतले यस समाचारदाता सँगको अनलाईन कुराकानीमा भने हामी अब पछाडी फर्कनेवाला छैनौ । आदिबासी जनजातिको अभियान ;जातिय पहिचान सहितको संघिय संबिधान भन्ने हाम्रो चाहनालाई कुल्चने नेताहरूलाई अब पनि फुलमालाले स्वागत गर्न नसकिने बताए।
एमालेमा  रहेका पूर्व संबिधानसभा सदस्य र आदिबासी जनजाती महासंघका पूर्व केन्द्रीय अध्यक्ष पासाङ शेर्पाले संबिधानसभा बिघटन लगतै एमालेबाट राजिनामा दिए । जनजाती प्रति एमाले पार्टी नरम नभई    प्रतिसोधको भाबनाले अघि बढेको आङकाजी शेर्पा, अशोक राई ,पुथ्बी सुब्बा गुरुङ, राजेन्द्र श्रेष्ठ ,रामचन्द्र झा,   किरण गुरुङ, बिजय सुब्बा, रकम चेम्जोङ, हेमराज राई ,अजम्बर काङमाङ ,बिर बहादुर लामा ,दलबहादुर राना मगर लगायतलाई गरिएको कारबाही र जिम्मेवारीबाट मुक्त गरिएपछी   आरोप सत्य हुँदै गएपछी प्रबासमा रहेका जनजातीहरू समेत आक्रोशित बनेको उदाहरण  अहिले युरोपमा देखिएको छ ।
पार्टीको मेची अञ्चलको जिम्मेबारीबाट बिदा भएका डेण्डी शेर्पा, पार्टी हङकङ कमिटीबाट किसन राई लगायतले  उही मुद्दाको कारण एमाले परित्याग गरेका हुन । त्यही क्रमले यूरोपलाई पनि अछुतो राख्न नसकेको प्रमाणित लोकतान्त्रिक मन्च स्पेनका उपाध्यक्ष तथा शेर्पा संघ युरोपका महासचिब हेम शेर्पाले गरेका छन ।
उपाध्यक्ष शेर्पाले आज एक बिज्ञप्ती प्रकाशित गरी नेकपा एमालेको भात्री संगठन नेपाली लोकतान्त्रिक मंच, स्पेनको उपाध्यक्ष पदबाट र सो पार्टीको साधारण सदस्यताबाट समेत राजिनामा दिएको बताएका छन।
आदिवासी जनजातीको हक अधिकार सुनिश्चितताको बारेमा सकारात्मक अभिव्यक्ति दिन खोज्ने मेरो भित्रि अभिप्राय हुदाहुदै पनि भूलवश पोर्चुगलको एनडीएफको कार्यक्रममा एमालेको समर्थन र जनजातीको खिलाफमा दिएको अभिब्यक्ती  आदिवासी जनजातीमाथि गहिरो चोट पर्ने प्रकृतिको भएको महसुस आफू स्वयंलाई भएको  मेरो उक्त गलत अभिव्यक्तिबाट सम्पूर्ण हाम्रो शेर्पा समुदाय लगायत आम आदिवासी जनजाती समुदायको भावना र मर्ममाथि पर्न गएको गहिरो चोटप्रति आत्मालोचना गर्दै क्षमा चाहन्छु    र भविष्यमा यस्तो गल्ति मबाट कहिल्यै    नदोहोरिने   प्रतिबद्धता ब्यक्त गरेका छन।
आफू आवद्ध राजनैतिक पार्टी नेकपा एमाले भित्र रहेर दबाव सिर्जना गरी हाम्रो मुद्दाहरुलाई सम्बोधन गराउने मेरो सोंच थियो तर त्यो भन्दा बढी प्रभावकारी पार्टी बाहिर रहेर आदिवासी जनजाती महासंघको नेतृत्वमा हाल जारी रहेको ऐतिहासिक आन्दोलनमा प्रत्यक्ष सहभागी हुँदा हुने मेरो निष्कर्ष भएकोले म यही विज्ञप्ति मार्फत ने.क.पा.(एमाले) को भात्री संगठन नेपाली लोकतान्त्रिक मंच, स्पेनको मैले सम्हाल्दै आएको उपाध्यक्ष पदबाट र सो पार्टीको साधारण सदस्यताबाट समेत राजिनामा दिएको व्यहोरा अवगत गराउन चाहन्छु। साथै बिगतका दिनमा मैले हामी शेर्पा समुदायको विभिन्न संस्थाको जिम्मेवार पद तथा नेपाल आदिवासी जनजाती विध्यार्थी महासंघको संस्थापक महासचिवमा समेत रही लामो समयदेखि समस्त हाम्रो समुदायको हक, हित र अधिकार प्राप्तिको लागि आफ्नो समय, श्रोत र विवेकले भ्याएसम्म योगदान दिंदै आएको थिएँ र आउदो दिनमा यो कार्यलाई निरन्तर रुपमा अगाडी बढाई नै रहने छु एमाले स्पेनका उपाध्यक्ष हेम शेर्पाले आफ्नो प्रेस विज्ञप्तिमा अगाडी भनेका छन ।


प्रेस विज्ञप्ति

गत जुलाई २२ तारिख, २०१२ आइतवारको दिन नेपाली लोकतान्त्रिक मंच, पोर्तुगलको दोश्रो अधिवेशनमा शेर्पा संघ, यूरोपको तर्फबाट मैले दिएको मन्तव्यमाथि विभिन्न संचार माध्यमहरुमा प्रकाशित समाचारमाथि मेरो ध्यानाकर्षण भएको छ। उक्त कार्यक्रममा बोल्ने क्रममा हामी आदिवासी जनजातीको हक अधिकार सुनिश्चितताको बारेमा सकारात्मक अभिव्यक्ति दिन खोज्ने मेरो भित्रि अभिप्राय हुदाहुदै पनि बोल्दै जाने क्रममा केहि शब्दहरु भूलवश: हामी आदिवासी जनजातीमाथि गहिरो चोट पर्ने प्रकृतिको भएको महसुस आफू स्वयंलाई भएको छ। मेरो उक्त गलत अभिव्यक्तिबाट सम्पूर्ण हाम्रो शेर्पा समुदाय लगायत आम आदिवासी जनजाती समुदायको भावना र मर्ममाथि पर्न गएको गहिरो चोटप्रति आत्मालोचना गर्दै क्षमा प्रार्थी चाहन्छु र भविष्यमा यस्तो गल्ति मबाट कहिल्यै नदोहोरिने प्रतिबद्धता यही विज्ञप्ति मार्फत व्यक्त गर्न चाहन्छु।

आफू आवद्ध राजनैतिक पार्टी ने.क.पा.(एमाले) भित्र रहेर दबाव सिर्जना गरी हाम्रो मुद्दाहरुलाई सम्बोधन गराउने मेरो सोंच थियो तर त्यो भन्दा बढी प्रभावकारी पार्टी बाहिर रहेर आदिवासी जनजाती महासंघको नेतृत्वमा हाल जारी रहेको ऐतिहासिक आन्दोलनमा प्रत्यक्ष सहभागी हुँदा हुने मेरो निष्कर्ष भएकोले म यही विज्ञप्ति मार्फत ने.क.पा.(एमाले) को भात्री संगठन नेपाली लोकतान्त्रिक मंच, स्पेनको मैले सम्हाल्दै आएको उपाध्यक्ष पदबाट र सो पार्टीको साधारण सदस्यताबाट समेत राजिनामा यही विज्ञप्ति मार्फत दिएको व्यहोरा यहाँहरु समक्ष अवगत गराउन चाहन्छु। साथै बिगतका दिनमा मैले हामी शेर्पा समुदायको विभिन्न संस्थाको जिम्मेवार पद तथा नेपाल आदिवासी जनजाती विध्यार्थी महासंघको संस्थापक महासचिवमा समेत रही लामो समयदेखि समस्त हाम्रो समुदायको हक, हित र अधिकार प्राप्तिको लागि आफ्नो समय, श्रोत र विवेकले भ्याएसम्म योगदान दिंदै आएको थिएँ र आउदो दिनमा यो कार्यलाई निरन्तर रुपमा अगाडी बढाई नै रहने छु भन्ने हार्दिक प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।

अन्तमा, मेरो यो विज्ञप्ति यहाँहरुको लोकप्रिय संचार मध्यमहरुमा सम्प्रेषण गरिदिनु भै हामी आदिवासी जनजातीहरुको मागलाई पूरा गराउने सवालमा सहयोग गरिदिनु हुन सम्पूर्ण पत्रकार मित्रहरुलाई हार्दिक अनुरोध गर्न चाहन्छु।

हेम शेर्पा

No comments:

Post a Comment