पूर्ण बजेट आए स्विकृत नगर्न विपक्षीको आग्रह


काठमाडौ, असार २७ - विपक्षी दल कांग्रेस र एमालेले सरकारले पूर्ण बजेट ल्याउन खोजे त्यसलाई स्विकृत नगर्न राष्ट्रपति समक्ष आग्रह गरेको छ । दुई दलका नेताहरु बुधबार शितल निवासमा राष्ट्रपतिसंग भेटेर त्यस्तो आग्रह गरेका हुन् ।
विशेष परिस्थिति भन्दै सरकारले पूर्ण बजेट ल्याउन खोजे त्यो अध्यादेश स्विकृत नगर्न दुवै दलको राष्ट्रपतिलाई आग्रह थियो । उनीहरुले सरकारले एक तृतियांश बजेट मात्र ल्याउन सक्ने तर्फ राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए ।
भेटपछि कांग्रेस नेता रामशरण महतले संविधानको ९६ धाराको (क) मा व्यवस्था गरिए अनुसार चालु आर्थिक वर्षको कुल बजेटको तृतियाँश बजेट आए मात्र आफूहरुले स्विकार्ने बताए ।
मंगलबार बसेको सर्वदलीय बैठकमा उठेका विषय र निष्कर्ष बारे पनि नेताहरुले राष्ट्रपतिलाई जानकारी गराए । उक्त बैठकमा सरकारले पूर्ण बजेट ल्याउन नसक्ने सहमति भएको थियो । राष्ट्रपतिसंगको भेटमा सहमतिको राष्ट्रिय सरकार गठनका विषयमा पनि छलफल भएको थियो ।
एमाले उपाध्यक्ष बामदेव गौतमले सरकारले निर्वाचन र सहमतिको नाममा फसाउन सक्ने भएकाले आफूहरुको धारण राष्ट्रपति समक्ष स्पष्ट ढंगले राखेको बताए ।

No comments:

Post a Comment