भट्टराईलाई सडकबाटै बर्खास्त गर्ने गजुरेलको चेतावनी

काठमाडौं, असार १८ नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई सडकबाटै बर्खास्त गर्न मोर्चाबन्दी गरेर आन्दोलन गर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लबले काठमाडौंमा गरेको कार्यक्रममा गजुरेलले काँग्रेस,एमालेलगायत दलले शुरु गरेको आन्दोलनमा सहभागी हुने पनि बताउनुभयो । ‘बाबुरामले सिति मिति राजीन...ामा दिदैनन्,’ गजुरेलले भन्नुभयो ‘घेराबन्दीमा पारेर जनबलबाटै बर्खास्त गर्न सशक्त आन्दोलनको आवश्यकता छ ।’

गजुरेलले आफू सत्तामा टिकिरहन प्रधानमन्त्रीले संविधानसभा बिघटन गरेको आरोप लगाउँदै सरकार विरुद्ध सवैजना सडकमा उत्रनुपर्ने बताउनुभयो । ‘संविधानसभा बिघटन गरी सत्ता लम्ब्याउने प्रधानमन्त्रीलाई सडकबाटै बर्खास्त गर्न सबै राजनीतिक दल, नागरिक समाज र आम जनता सडकमा उत्रनुको विकल्प छैन ।’ गजुरेलले प्रधानमन्त्री भट्टराई विदेशीबाट संचालित भएको आरोप लगाउँदै भन्नुभयो ‘भट्टराई कहाँंबाट संचालित छन्, कसले कुन षड्यन्त्रबाट उनलाई टिकाईरहेको छ सबैलाई थाहा छ ।’
सर्वोच्च अदालतले आइतवार गरेको फैसला पछि पनि सरकारले पुर्ण आकारको बजेट ल्याउन नसक्ने जिकिर गर्दै उहाँले जर्बजस्ती पूर्ण बजेट ल्याउन खोजे घातक परिणाम भोग्नुपर्ने चेतावनी दिनुभयो ।
आफुहरु कुनैदलसंग पनि भिडन्त नहोस् भन्ने पक्षमा रहेपनि कसैले हात हाले चुप लागेर नबस्ने उहाँले चेतावनी दिनुभयो । केन्द्रीय कार्यालय पेरिसडाँडालगायत देशभरका जिल्ला कार्यालयमा आफूहरुको समेत स्वामित्व रहेकाले पेरिसडाँडाको सम्पत्ति समेत बाँडफाँड हुनुपर्ने गजुरेलले माग गर्नुभयो ।
गजुरेलले संविधानसभाको चुनाव मंसिर ७ गते कुनै हालतमा हुन नसक्ने ठोकुवा गर्नुभयो । सरकारले चुनाव सफल गर्न नभएर सत्तामा टिक्नका लागि घोषणा गरेको उनको तर्क थियो ।
संविधानसभा कुनै हालतमा विउँतिदैन र विउत्याउँनु पनि हुँंदैन भन्दै उहाँले बिद्यमान संकटकालीन अवस्था अन्त्यका लागि पनि गोलमेच सभामा जानु पर्ने आफ्नो पार्टीको धारणा रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘संविधानसभा विउत्याउन ,पुर्नस्थापना गर्न मिल्दैन । सर्वपक्षीय गोलमेच सभाबाटै मुलुकलाई निकास दिनुपर्छ र राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ

No comments:

Post a Comment