'बाबुरामलाई सबै मिलेर एक्ल्यालुपर्छ'

Madhav-Nepalकास्की, असार २४ - एमाले वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री बाबुराम भट्टराईलाई सबै मिलेर एक्ल्याउनु पर्ने बताएका छन् ।
प्रधानमन्त्री भट्टराईले मुलुकमा ठुलो समस्या ल्याएकोले नेपालले उनलाई एक्लो बनाउनु पर्ने धारणा राखेका हुन् । प्रेस चौतारी कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले राष्ट्रपति, पार्टी र आम जनता मिलेर भट्टराईलाई एक्लो बनाउनु पर्ने बताए । 'राष्ट्रपति, पार्टी र जनतालाई बाबुरामले चुनौति दिएका छन्,' नेता नेपालले भने, 'सत्ता टिकाउने बाहेक उनको अरु सोच केही भएन ।'
उनले पूर्व राजा ज्ञानेन्द्र शाहीको जसरी पतन भएको छ त्यही अनुरुप बाबुराम भट्टराई शाहीको पनि पतन निश्चित भएको बताए । बाबुरामलाई तानाशाहीको संज्ञा दिदै पुर्व प्रधानमन्त्री समेत रहेको नेपालले प्रधानमन्त्री भट्टराई गैर जिम्मेवारी व्यक्ति हुँदै सद्वृद्धि नआएको व्यङ्ग कसे । उनले अन्य दलहरुले जति पहल गर्दा पनि नभएकाले पुष्पकमल दाहालले प्रयास गरे उनमा सद्वृद्धि आउने सम्भावना रहेको बताए ।
उनले बाबुरामको अर्जुनदृष्टि र लक्ष्मण दृष्टि सत्तामा केन्द्रित रहेको र मुलुकमा जस्तो भाडभैलो भए पनि कुनै चिन्ता नभएको आरोप लगाए । 'सत्तामा बर्हिगमन हुने पचिरहेकेा छैन उनले भने, 'सत्ता नछाडेकै कारण मुलुकमा अहिले समस्या आएको हो ।'
नेता नेपालले अहिले प्रधानमन्त्रीले पुर्ण बजेट ल्याउने ध्वाँस देखाए पनि त्यो कुनै पनि हालतामा आउने सम्भावना नरहेको बताए । 'अहिले पुर्ण बजेट आउने कुनै सम्भावना छैन, संविधानले पनि दिदैन र सहमति पनि हुँदैन,' नेपालले भने, 'बजेटमा हाम्रो कुनै सहमति हुँदैन ।' उनले राष्ट्रपति पार्टी र जनतालाई बजेट ल्याउँछु भनेर चुनौती दिए पनि त्यो कुनै पनि हालतमा सम्भव नहुने बताए ।
उनले जनजाती नेताहरुले राखेको माग गलत भएको बताउदै पाटीको अनुशासनमा बस्नु पर्ने जनाए । उनले जनजाति नेताहरु कुनै पनि हालतमा पार्टी छाडेर नजाने बताउदै उनले आवेशमा मात्रै आएर पार्टी छाडने कुरा आएको बताए । 'पार्टी भित्र गल्ती गर्छन् भने जो पनि सजायको भागीदार बन्नुपर्छ नेता नेपालले भने, गल्ती गरे माधव नेपाल, झलनाथ खनाल पनि अनुशासनको दायरा आउनुपर्छ ।'
नेता नेपालले पुर्व राजा ज्ञानेन्द्र सँगै कुनै गोप्य सहमति नभएको दोहेाराउदै इतिहासमा सीमित भएका राजा फेरि पुरानो युगमा नआउने बताए ।

No comments:

Post a Comment