माओवादी कर्मचारी महासंघ विभाजित

काठमाडौ, असार १७ -
एमाओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी महासङ्घ पनि औपचारिक रुपमा विभाजन भएको छ । महासंघको बहमुत सदस्यले अध्यक्ष रुक्म लामिछाने र वरिष्ठ उपाध्यक्ष मणिरत्न श्रेष्ठलाई निष्काशन गरेको छ ।
यही असार ६ गते महासंघ सचिवालयको अध्यक्ष पुष्पकमल दाहालनिकट बहुमत सदस्यहरूको बैठकले गरेको निर्णयहरू सार्वजनिक गर्न आइतवार आयोजित पत्रकार सम्मेलनमा सङ्गठनको आर्थिक हिनामिना, सांगठनिक विचलन तथा महासङ्घलाई विघटनको स्थितिमा पुर्याएको आरोपसहित अध्यक्ष रुक्म लामिछाने र वरिष्ठ उपाध्यक्ष मणिरत्न श्रेष्ठलाई महासङ्घको सदस्य समेत नरहने गरी हटाएको जानकारी दिइयो ।
यसैगरी महासङ्घले ८७ सदस्यमध्ये ५४ जनाको स्पष्ट बहुमतबाट संगठनका अध्यक्ष लामिछाने र वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई हटाई अध्यक्ष पवित्रा तिमल्सिना, वरिष्ठ उपाध्यक्ष अर्जुन कार्की, उपाध्यक्ष अजितमान तामाङ र महासचिव मोहनमान स्वाँरको नेतृत्व रहने गरी जिम्मेवारी हेरफेर गरेको जनाएको छ ।
महासङ्घको बैठकले दोस्रो महाधिवेशन आगामी माघभित्र काठमाडौँमा सम्पन्न गर्ने र त्यस अगावै सबै संघहरूको आवश्यकता तथा विधिविधानअनुसार भेला गरी अधिवेशनहरू सम्पन्न गर्ने निर्णय गरेको छ । –रासस

No comments:

Post a Comment