पार्टी फुटेपछि पहिलोपटक वैद्य दाहाल निवासमा

mohan baidyaकाठमाडौं, असार २४ - पार्टी फुटेको तीन सातापछि नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले पहिलोपटक एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन् ।
दाहाल निवास लाजिम्पाटमा भएको भेटमा पार्टी फुटेपछिको अवस्था, बजेट, पार्टी एकतालगायतका विषयमा छलफल भएको छ । भेटमा दाहालले पार्टी फुट्नु हुन्नथ्यो भन्ने धारणा राखेको सहयोगी शिव खकुरेलले जानकारी दिए ।
दाहाल र वैद्यबीच पार्टी कार्यालयका विषयमा जिल्ला जिल्लामा भएका भीडन्त रोक्नेबारे छलफल भएको छ । स्रोतका अनुसार पार्टी कार्यालयको स्वामित्वबारे अध्ययन गर्न कार्यदल बनाउन उनीहरु सहमत भएका छन् ।
चितवनलगायतका जिल्लामा पार्टी कार्यालयका विषयलाई लिएर दुवै माओवादीबीच झडप हुँदै आएको छ । भेटमा एकीकृत माओवादीका स्थायी समिति सदस्य कृष्णबहादुर महरा, नेकपा-माओवादीका सचिव देव गुरुङ पनि थिए ।
सैद्धान्तिक विषयमा अन्तर्संघर्ष चर्किएपछि असार ४ गते एकीकृत माओवादी विभाजन भएको थियो ।

No comments:

Post a Comment