दल खोल्न देश दौडाहामा ब्राम्हण

समुन्द्र पौडेल, तनहुँ, असार ३० - जातीय मु्द्दाहरु ओझेलमा पर्न थालेपछि ब्राम्हण समाज दलको अवधारणा लिएर देश दौडाहा अभियानमा लागेका छ। दल निर्माणका लागि अध्ययन अनुसन्धान कार्यदल गठन गरी ब्राम्हण समाज नेपालका पदाधिकारीहरु राय संकलन गर्न देश दौडाहा अभियानमा लागेका हुन्।


पुर्वाञ्चलका बासुदेव भट्टराईको संयोजकत्वमा गठन भएको कार्यदलले जिल्लाका ब्राम्हण समुदायसंग दल गठनको अवधारणामा रायसंकलन सुरु गरिसकेको छ। कार्यदलमा पश्चिमाञ्लबाट माधव पहारी र पुष्पराज तिमिल्सेना, सुदुर पश्चिमाञ्चलबाट रामानन्द न्यौपाने र तराईबाट बेदनाथ उपाध्याय सदस्य रहेका छन्।

संविधान सभाको निर्वाचनमा मत दिएर पठाएका प्रतिनिधिले धोका दिएकाले जातीय दलको अवधारणा अघि सारिएको कार्यदलका सदस्य माधव पहारीले बताए। 'हामीले पठाएका प्रतिनिधीले नै हाम्रा माग बेवास्ता गरे,' उनले भने, 'आफ्ना माग आफै लैजान दलको अबधारणा निकालेका हौ।' कार्यदलले विभिन्न जिल्लाका ब्राम्हण समुदायसँगै भेटेर दल गठन बारे छलफल गरिरहेको उनले बताए।

अध्ययनको क्रममा रहेको ब्राम्हण समुदायले गठन गर्न लागेको दलले पूर्ण प्रजातन्त्रिक अभ्यासका साथ राज्यलाई जातीय निरपेक्ष हुँदै वर्गीय आधारमा आरक्षण र संरक्षणका लागि लैजानु पर्ने मुद्दालाई अघि सारेको छ। दलले राष्ट्रिय र अन्तराष्ट्रिय मानवअधिकारको संरक्षण र सम्बर्द्धनका मुद्दालाई समेत उठाउने पहारीले बताए।
जातीय दलको अवधारणामा अध्ययन गर्न पोखराबाट निस्किएको पश्चिमाञ्चल सदस्यको टोलीले शनिबार नै कास्की, तनहुँ, चितवन र नवलपरासीका ब्राम्हण समुदायलाई भेटी दल गठनको विषयमा राय सल्लाह र प्रतिक्रिया लिएको थियो।

No comments:

Post a Comment