अब विकासमा ध्यान दिऔँ: नेता देउवा

काठमाडौ, असार १७ -
Sherbahadur deubaपूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मुलुक संवैधानिक प्रयोगशाला मात्रै बनेकाले छिटो लोकतान्त्रिक संविधान निर्माण गरी आर्थिक विकासमा ध्यान दिइनुपर्ने बताएका छन् ।
प्रजातन्त्र सेनानी स्वर्गीय रामचन्द्र जोशीको प्रथम वार्षिकीका अवसरमा रामचन्द्र जोशी स्मृति सेवा केन्द्रद्वारा आईतवार यहाँ आयोजित ‘लोकतन्त्रका चुनौती र राजनीतिक निकास’ विषयक विचारगोष्ठीमा बोल्दै उनले अहिलेसम्म मुलुकलाई संविधानको प्रयोगशाला मात्र बनाइएकाले विकास हुन नसकेको बताए ।
वरिष्ठ नेता देउवाले निर्वाचन मुलुकको निकासका लागि अन्तिम विकल्प भएपनि चार वर्षमा संविधान लेखनका लागि भएका सहमति र बाँकी रहेका मुद्दा संविधानसभालाई छोटो समयका लागि ब्युँताएर छिनोफानो गरिए उपयुक्त हुन्छ भने ।
फेरि संविधानसभाको निर्वाचन गरिए ठूलो आर्थिक व्ययमात्र हुने उनको भनाइ थियो ।

No comments:

Post a Comment