अशोक राई माओवादी उपाध्यक्ष हुन्छन् त ?


१८ असार, काठमाण्डौं । नेकपा एमालेका उपाध्यक्ष अशोक राईलाई एमालेमा जनजातिहरुको ठूलो संख्यामा विद्रोह गराएर निस्किएमा एकीकृत नेकपा माओवादीले पनि उपाध्यक्ष नै दिने प्रस्ताव राखेको खुलासा भएको छ । माओवादी अध्यक्ष प्रचण्डले हालै शालिकराम जम्मकट्टेल समर्थित माओवादी मजदुरहरुको खन्ना गार्मेन्टको भेलामा किरणको ठाउँमा अशोक राईलाई महाधिबेशनसम्म उपाध्यक्ष बनाउँदा प...ार्टीलाई फाईदै हुने बताएपछि यस्तो खुलासा भएको खबर आजको साँघु साप्ताहिकले छापेको छ ।

महाधिवेशन पछि धेरै मान्छेहरु आफै ठेगान लाग्छन भन्दै प्रचण्डले दुनियाँलाई औकात भन्दा ठूलो पद दिईरहेको भएकाले एमाले फुटाएर आउँदा अशोक राईलाई उपाध्यक्ष दिन कुनै अप्ठेरो नहुने बताएका थिए ।

२०६४ सालको संविधानसभाको चुनावको बेलामा उदयपुरको रामपुर ठोक्सिालामा माओवादीबाटै अपहरणमा परी ज्यान जोगाएका राईले माओवादीमै जानका लागि अहिले पार्टीमा जातीय हुँडलो मच्चाएको हो त ? भन्ने प्रश्नमा भने अहिलेसम्म कुनैपनि असन्तुष्ट जनजाती नेताहरुले जवाफ दिएका छैनन् । यद्यपि एमालेका बागमती अञ्चल सचिव समेत रहेका लोकतान्त्रिक तामाङले भने केही असन्तुष्ट जनजाती नेताहरु माओवादीका जाने कुरा आफूले सुनेको बताउँछन् ।

अशोक राई निकट नेताहरुले भने पार्टीमा आफ्नो मागका बारेमा उचित सुनुवाई नभए माओवादीसँग एकता गरेर अघि बढ्न सक्ने सम्म बताएका छन् भने अशोक राई पनि राजनीति छोडेर बस्ने सोच बनाईरहेका बेला हिसिला यमी र गोपाल किराँती लगायतका नेताहरुले हरियो घाँस देखाएपछि हौसिएर राजनीतिमा सक्रिय भएको स्रोतको दाबी छ ।

No comments:

Post a Comment