राष्ट्रपतिलाई उचालेर दलहरुको अभिष्ट पूरा हुँदैन - उपराष्ट्रपति


तनहुँ, २ साउन । अहिल्ोको राजनैतिक सङ्कटमा राष्ट्रपतिलाई उचालेर कुनै दलले आफ्नो अभिष्ट पूरा गर्न लागेको छ भने त्यो पूरा नहुने उपराष्ट्रपति परमानन्द झाले बताउनुभएको छ ।

उपराष्ट्रपति झाले तनहुँको बन्दीपुरमा आज पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति संविधानको संरक्षक भएकाले संविधान अनुसारनै चल्ने र कसैले सरकार हटा भन्दैमा हटाउने र राख भन्दैमा राख्ने काम राष्ट्रपतिबाट नहुनॆ बताउनुभयो ।

उहाँले राष्ट्रपतिले र सरकारले संविधानलाई नै पालना गरेको भएर नै बजेट आएको बताउँदै संविधानविपरीत कोही पनि जान नमिल्ने बताउनुभयो ।

साचारकर्मीले संविधानसभा पुनस्र्थापना हुन्छ त भन्ने जिज्ञासामा उपराष्ट्रपति झाले दलहरुबीचमा मुलुकलाई कसरी निकास दिने भन्नेबारे बहस चलिरहेको छ भन्नुभयो । उहाँले भन्नुभयो ूसंवैधानिक कानुनी आर्थिक समयको हिसाबले जुन समय अपनाउँदा ठीक हुन्छ त्यो विकल्प नै उत्तम हुन्छ अहिल्यै यही विकल्प ठीक हो भन्ने अवस्था छैन ।ू

संविधानसभाको चार वर्ष राजनैतिक दलहरुले संविधान नबनाई मैदानमा खेलेर बसेकाले अब त्यसलाई मिलाउने जिम्मा पनि दलहरुकै भएको उपराष्ट्रपति झाले बताउनुभयो ।

तनहुँलाई नेपालकै तेस्रो खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने कार्यक्रममा सहभागी हुन उपराष्ट्रपति झा यहाँ आउनुभएको हो ।

उपराष्ट्रपति आएपछि तनहुँको सुरुक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेलले बताउनुभयो ।

No comments:

Post a Comment