दैलेखबाट सरकार विरुद्ध आन्दोलनको उद्घोष



दैलेख,माघ ६ । सरकार विरुद्ध आन्दोलनको उद्घोष गरेका कांग्रेस–एमालेसहितका विपक्षी दलहरुले शनिवार दैलेखबाट आन्दोलनको शुरुवात गर्दैछन् । पत्रकार डेकेन्द्रराज थापाको हत्याको विरोधमा दैलेखको सदरमुकाममा विरोधसभा गरी दलहरुले सडक आन्दोलन सुरु गर्न लागेका हुन् । दुई महिनासम्म राष्ट्रपतिसँग पटके म्याद लिएर सत्ताघटकहरुसँग छलफल गर्दा पनि सहमतिमा बन्न नसकेपछि वर्तमान सरकारको विरुद्धमा विपक्षीहरु आन्दोलनमा उत्रिएका हुन् । विपक्षीहरुले माघ २६ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । दैलेख सदरमुकाममा हुने सभामा एमाले उपाध्यक्ष वामदेव गौतम, कांग्रेस नेता डा। रामशरण महतलगायत नेताले संबोधन गर्ने बताइएको छ ।

No comments:

Post a Comment