अभियुक्तले नजिक्याए दुई माओवादीलाई




माओवादी भन्छन्- प्रहरीले आतंक मच्यायो
प्रहरी भन्छ- चौकीमा खुम्चिन बाध्य छौ

पार्टी विभाजनपछि टाढिएका एमाओवादी र नेकपा-माओवादीलाई पत्रकार डेकेन्द्रराज थापा हत्याको अनुसन्धान प्रक्रियाले नजिक्याएको छ । दुबै पार्टी प्रहरीले आफ्ना कार्यकर्तालाई गाउुमा बस्न नसक्ने गरी आतंकित पारेको दाबी गर्छन । तर, प्रहरी उल्टै गाउुका चौकीमाथि माओवादीले आक्रमणको योजना बनाएको बताएको छ । माओवादीका नेता-कार्यकर्ताले अनुसन्धानमा संलग्न प्रहरी अधिकृतलाई धम्क्याएको प्रहरीको आरोप छ ।

'अनुसन्धानको नाममा घरमा सुतेका कार्यकर्तालाई नांगै ल्याइएको छ । गाउुमा आतंक फैलाइएको छ,' एमाओवादी दैलेख संयोजक कर्णबहादुर बस्नेतले भने, 'गाउुमा बस्ने स्थिति छैन ।' दैलेखमा दिनहुु प्रदर्शन हुन थालेपछि उनी जिल्ला कमिटीका केही नेताहरुसहित बाुकेको कोहलपुर झरेका थिए । आन्दोलन उत्तेजित हुुदैजाुदा प्रतिशोध र तनाव बढ्ने ठानेर यता आएको उनले बताए । उनी बुधबारमात्रै दैलेख फर्केका छन् । आफ्नो पार्टीबाट पत्रकारहरुलाई कुनै असुरक्षा नरहेको भन्दै बस्नेतले पत्रकार महासंघको मिसन टोलीलाई निर्धक्क हुन आग्रह गरे ।

उता राजधानीको भृकुटीमण्डपमा भईरहेको पार्टी अधिवेशनस्थलबाटै नेकपा-माओवादी दैलेख जिल्ला समितिले पत्रकार सम्मेलन गरी प्रहरीले नौमूले क्षेत्रमा आतंक फैलाएको र आफ्ना नेता-कार्यकर्ताहरु गाउुमा बस्न नसकेको दाबी गरेको छ । जिल्ला इन्चार्ज रामलाल विकले प्रहरी अनुसन्धानपछि आफ्ना कार्यकर्ता भुमिगत बस्नुपर्ने स्थिति आएको बताए । दुबै माओवादीहरु पाुचै अभियुक्तका पक्षमा उभिएका छन् । प्रहरीले लक्षीराम घर्ति, निरक घर्तिमगर, हरिलाल पुनमगर, जयबहादुर शाही र वीरबहादुर खत्रीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । तीमध्ये तीन जनाले साबिती बयानसमेत दिईसकेका छन् ।

जिल्ला प्रहरी भने हत्या अनुसन्धानमा दुबै माओवादीको विरोधले प्रहरी गाउु जान नसकेको बताउुछ । पत्रकारहरुलाई गाउु जाुदा प्रहरीलाई जानकारी गराउन भनिएको छ । 'पत्रकारको सुरक्षामा सदरमुकाममा समस्या छैन,' जिल्ला प्रहरी नायव उपरीक्षक शारदाप्रसाद चौधरीले भने, 'तर, बाहिर जाुदा सुरक्षाकर्मीलाई जानकारी दिएरमात्र जान भनेका छौ ।' दैलेखका १६ प्रहरी युनिट अहिले उच्च सुरक्षा सर्तकतामा रहेको उनले बताए ।

हत्या अभियुक्तहरु पक्राउ परेको भोलिपल्टै सुर्खेतबाट थप प्रहरी झिकाइएको छ । नौमुले इलाका प्रहरी कार्यालयमा माओवादीले आक्रमण गर्ने योजना बनाएपछि त्यहाु प्रहरी थपिएको छ ।

पक्राउ परेका चार अभियुक्त नौमूले इलाकाका माओवादी कार्यकर्ता हुन । माओवादीले द्वन्द्वकालमा ०५७ चैत २४ गते राती सोही इलाका प्रहरी कार्यालयमाथि आक्रमण गर्दा ३२ प्रहरीको ज्यान गएको थियो । 'गाउु परिषद् भेलामा प्रहरी टोली पठाउन सकिएको छैन,' प्रहरी निरीक्षक विनोद शर्माले भने, 'गाउुका झगडा मिलाउन जान सकिएको छैन । साुझपख हुने गस्ती पनि रोकेका छौ ।' जनशक्ति कम रहेकाले प्रहरी चौकीमा खुम्चिएको उनले बताए ।

आठ वर्षदेखि पीडित परिवारसंगै न्यायको लडाइ लडिरहेका स्थानीय पत्रकारहरु अनुसन्धान तथा अभियोजनमा सरकारी हस्तक्षेपबाट आक्रोशित छन् । सदरमुकाममा दिनहुुजसो विरोध प्रदर्शन भईरहेको छन् । ती प्रदर्शनमा नागरिक अगुवा, अधिकारकर्मी, स्थानीय ६ राजनीतिक दलका कार्यकर्ताहरु र सर्वसाधारणकोसहभागिता रहने गरेको छ ।

दण्डहिनताविरुद्ध आन्दोलनमा होमिएका सञ्चारकर्मीलाई माओवादी नेताहरुले मनोवैज्ञानिक रुपमा धम्क्याएको पत्रकार महासंघ दैलेखका अध्यक्ष पुस्कर थापाले बताए । 'प्रत्यक्ष-अप्रत्यक्ष धम्कीले तनावमा छु । त्यसैले १० दिनदेखि घर जान सकिरहेको छैन,' उनले भने । सदरमुकामस्थित एक होटलमा उनको बास छ ।

No comments:

Post a Comment