म फसेको छैन, दलहरुलाई थकाएर अमृत निकाल्छुः राष्ट्रपति




१९ पुस, बनेपा । राष्ट्रपति डा. रामवरण यादवले सहमतिको सरकार गठनका लागि दलहरूलाई समयसीमा दिएर आफू नफसेको बताउनुभएको छ ।
काभ्रेको होक्सेस्थित जनता उच्चमाध्यमिक विद्यालयको हीरक समारोहको उद्घाटन गर्दै राष्ट्रपति डा. यादवलले भन्नुभयो-’मबाट संवैधानिक प्रक्रियाबाट काम भएको छ, म फसेको छैन ।’ राष्ट्रपतिले दलहरूलाई राष्ट्रिय सहमतिका लागि थकाएर भए पनि अमृत निकाल्ने बताउँदै भन्नुभयो-”संविधानको धारा ३८ को १ मेरो हातमा छ ।”

मुलुकको अभिभावक आफू भएको र अभिभावकलाई काम गर्न अप्ठेरो हुने भन्दै उहाँले सबै राजनीतिक दललाई एकै ठाउँमा ल्याएर बाधाअड्काउ फुकाएर अघि बढ्न सक्छु भन्नुभयो । उहाँले भन्नुभयो-’सत्ता अघि तथा शान्ति र संविधान पछि परेको छ, मूल कानुन ल्याउन नसक्नामा दलहरूबाट त्रुटि भएको छ ।’

राष्ट्रको सर्वाङ्गीण विकासका लागि बजार मागअनुसारको कुशल दक्ष जनशक्ति आवश्यक भएकामा जोड दिँदै राष्ट्रपतिले शिक्षालाई सबै वर्गको पहुँचमा पुर्‍याउन जरुरी रहेको बताउनुभयो ।

समारोहमा काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ माकजु श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक उपेन्द्र यादवलगायतले शिक्षाको गुणस्तर वृद्धिमा सबैको सहयोग आवश्यक पर्ने बताउनुभयो । रासस

No comments:

Post a Comment