बाबुराम सरकार अझै चल्न सक्छ:





१२ पुस, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बाबुराम भट्टराई सरकार तत्काल हट्ने सम्भावना नरहेको बताउनुभएको छ ।
जेठ १४ अघि नै बाबुराम सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस सभापति सुशील कोइराला नमान्नु र अहिले सरकारविरुद्धको आन्दोलन रोक्नु गल्ती भएको उहाँको भनाइ छ । ’कुनै पनि चिज म्याचुअर्ड अवस्थामा नपुगेसम्म हामीले चाहेर मात्र पनि नहुँदो रहेछ’ अनलाइनखबरलाई अन्तरवार्ता दिँदै नेता नेपालले भन्नुभयो- ‘अहिले बाबुरामजी तदनुरुपको बाध्य हुने स्थिति बनेको छैन । माओवादी पार्टी पनि बाध्य हुने अवस्थामा पुगेको छैन ।’
सबै गल्ती कमजोरी तथा अहिलेको संकट माओवादीकै कारण आएको भनेर आम मानिसले बुझ्न नसकेको र जति आरोपित हुनुपर्ने हो त्यति नभएको बताउनुभयो । ‘यसैगरी चल्न सक्छ, देश डुब्यो भने पनि दोष हामीलाई आउँदैन, सबैमा बाँडिन्छ भन्ने माओवादीलाई पारेको छ’ उहाँले भन्नुभयो-’उसले दशौंपटक भनेका गलत कुराहरुको खण्डन हुन सकेको छैन ।’
एमाओवादी चुनावबाट भाग्न खोजेको भन्दै उहाँले सहमति चाहेको भए प्रचण्डले सहमति गर्नुपर्ने र बाबुरामले नमाने हटाउन सक्नुपर्ने बताउनुभयो । ‘यो सबै म कुटेजस्तो गर्छु तँ रोएजस्तो गर् भनेकोजस्तो देखिएको छ’ नेपालले भन्नुभयो-’चुनावमा जान एमाओवादी तयार छैन । प्रचण्ड जी पनि तयार भएकोजस्तो लाग्दैन । चाहेको हो भने त ‘एसर्ट’ गरिहाल्छन् नि । एउटाले मानेन भने हटाइन्छ ।’

No comments:

Post a Comment