महानगरीय प्रहरी नै अवैधानिक, घूस फिर्ता गर्न थाले ट्राफिकले


२८ माघ, काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाले अवैधानिक तरिकाले नगरप्रहरी गठन गरेको तथ्य फेला परेको छ । राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानविनअनुसार स्थानीय स्वायत्त शासन नियमविपरीत नगरप्रहरी गठन गरिएको हो । यसरी अवैधानिक तरिकाले गठन गरिएको नगरप्रहरीले राज्य सुरक्षा निकायले प्रयोग गर्दै आएको कम्व्याट ड्रेस र दज्र्यानी चिह्न पनि दुरुपयोग गर्दै आएको छ।

२०५२ सालमा ‘नगर रक्षक’का रुपमा गठन गरिएको संगठन स्थानीय विकास मन्त्रालयले नगरप्रहरीका रुपमा विकास गरेको थियो । प्रहरी अथवा सुरक्षा निकायको गठन मन्त्रिपरिषद्बाट निर्णय गरेरमात्र गर्नुपर्ने प्रावधान रहेको छ । सुरक्षा निकायमा रुपमा विकास गर्दा संसद्बाट ऐन र मन्त्रिपरिषद्बाट नियमावली बनाएर गठन गर्ने प्रावधान भए पनि कुनै पनि प्रक्रिया नअपनाइकन महानगरले नगर प्रहरी राखेको कान्तिपुरमा खबर छ ।

घूस फिर्ता गर्न थाले ट्राफिक

सातदोवाटोमा बा ४ ख ३७९१ नम्बरको बस चालकलाई ट्राफिकले रोक्न इसारा गरे । इसारा नमानेपछि ट्राफिकले सवारीको कागजपत्र मागे । तर बस चालकले कागजपत्रको सट्टा सय रुपैयाँको नोट पोको पारेर दिए । ड्युटीमा खटिएका प्रहरीले उनले दिएको रकम लिएनन् । प्रलोभनमा पार्ने चालकलाई ट्राफिकले नियन्त्रणमा लियो । र एक रात हिरासतमा राखेर छोडिदियो ।

‘ट्राफिकलाई सय रुपैयाँ दिएपछि कागजपत्र लिन जानुपर्ने झन्झटबाट मुक्ति पाउन खोजेका रहेछन्,’ ट्राफिकका अधिकृतले भने, ‘तर उनी एक रात हिरासतमा बसेर आगामी दिनमा त्यस्तो कार्य नगर्ने सर्तमा छुटे । त्यस्तै बा १ ज २०८७ नम्बरको भाडा ट्याक्सीले केही समयअघि पद्मोदय मोडमा यु टर्न गर्‍यो । चितवन घर भएका चालकलाई ट्राफिकले कारबाही गर्न खोजे । तर उनले ट्राफिकलाई सय रुपैयाँ घूस दिए । ‘घूस दिएर धेरै जरिवानाबाट बच्न खोजेको थिएँ,’ चालकले भने ‘कागजपत्र माग्ने ट्राफिकले मैले दिएको सय रुपैयाँसहित ट्राफिक प्रहरी महाशाखामा बुझाईदिए । एक दिन थुनेर मैले घूस खुवाउन खोजेजति नै जरिवाना लिएर सुध्रने मौका दिएरु आफन्तलाई जिम्मा लगाएर छाड्यो ।’

No comments:

Post a Comment