बन्द शत्रमा नारायणकाजीमाथि कारवाहीको माग



हेटौंडा, माघ २४ – एकीकृत नेकपा माओवादीको बन्द शत्रमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशमाथि कारवाही गर्नुपर्ने माग उठेको छ ।

विधि र प्रक्रिया मिचेर पत्रकार सम्मेलन र अन्तर्वार्ता दिएको भन्दै प्रकाशमाथि प्रतिनिधिहरुले कारवाहीको माग गरेका हुन् । प्रकाशले महाधिवेशनको अपमान गरेको उनीहरुको आरोप छ ।

चर्को आलोचना भएपछि बन्द शत्रमा स्पष्टीकरण दिएका प्रकाशले मत राख्नु पाउनु आफ्नो अधिकार भएकोले त्यसको प्रयोग गरेको बताउनुभयो । पत्रकार सम्मेलन नभई आफूले अन्तर्वार्ता दिएको र त्यो प्रचण्ड र भट्टराइले पनि गरेको बताउनुभयो । तर बाबुराम भट्टराइलाई आफूलो राष्ट्रघाति नभनेको भन्दै प्रकाशले बीप्पा सम्झौता गर्दा प्रक्रियागत त्रुटी भएको बताएको स्रोतले जनाएको छ ।

पार्टी भित्र कोही राष्ट्रवादी र कोही राष्ट्रघाती भएको भन्ने आफ्नो मत नरहेको र आफूले पहिलेदेखि बोल्दै आएको कुरा मात्रै बोलेको प्रकाशले प्रष्टिकरण दिनुभयो ।

नेता राम कार्कीले अध्यक्ष प्रचण्डको प्रतिवेदन अपूर्ण भएकोले नयाँ कार्यभार पुरा गर्न आफूले फरक मत ल्याएको प्रष्टिकरण दिनुभयो । प्रचण्डलाई देवत्वकरण गर्न खोजिएको भन्दै कार्कीले प्रचण्डलाई आलोचनात्मक समर्थन आवश्यक रहेको बताउनुभयो ।

लेनिन, स्टालिन र माओको मूल्याङ्कन गर्ने मोहन वैद्यका कमजोरी उल्लेख गर्ने तर आफ्ना कमजोरी उल्लेख नगर्ने भनेर कार्कीले प्रश्न गर्नुभयो ।

अर्का नेता लेखराज भट्टले पहिचान सहितको संघीयता भनेकोले खसान राज्य अखण्ड सुदुर पश्चिम हुनुपर्ने बताउनुभयो ।
नेता गोपाल किराँतीले जातीय मुक्तिबिना पार्टीले सत्ता लिन नसक्ने भएकोले आफूलेृ जातीय पहिचान सहितको संघीयता र त्यही अवधारणा अनुसार राज्यस्तरीय पार्टीको अवधारणा ल्याएको बताउनुभयो ।

निष्कर्ष पेश गर्दै टोली नेताहरुले जनयुद्धको अपमान भएको गुनासो गरेका छन् । उनीहरुले समाजवादी क्रान्तिको कार्यदिशा अस्पष्ट भएको पनि बताएका छन् । प्रतिवेदनमा सुझाव दिने क्रम सकिएको र बिहीबार बिहान अध्यक्ष प्रचण्डले जवाफ दिनुहुनेछ ।
‘जनमत संग्रहबाट सीमा विवाद टुंग्याउने प्रस्ताव गलत’

एकीकृत नेकपा माओवादीले जनमत संग्रहबाट सीमा विवाद टुंगो लगाउने प्रस्ताव गर्नु गलत भएको स्वीकार गरेको छ । महाधिवेशन भित्र प्रतिनिधि र बाहिर बुद्धिजीवी लगायत विभिन्न पार्टीले चर्को विरोध गरेसँगै माओवादीले त्यसलाइ गलत भनेर स्वीकार गरेको छ ।
महाधिवेशनले गल्ती सच्याउने र रचनात्मक सुझाव समेट्ने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।

No comments:

Post a Comment