जेठ १५ भित्र संविधानसभाको निर्वाचन र चुनावी सरकार गठन गर्ने विषयमा दलहरु सहमत



काठमाडौं,माघ २९ । प्रमुख चार राजनीतिक दलले जेठ १५ गतेभित्र संविधानसभाको निर्वाचन गर्न र चुनावी सरकार गठन गर्ने विषयमा सहमत भएका छन् । नयाँ बानेश्वरमा रहेको सेना समायोजन विशेष समितिको सचिवालयमा बसेको बैठकमा दलहरुले स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्ने पनि सहमति गरेका हुन् । बैठकपछि एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेठ १५ गते चुनाव हुने गरि सहमति जुटेको जानकारी दिनुभयो । उहाँले सोमबार साँझ राष्ट्रपतिसँग हुने छलफलमा ठोस निस्कर्ष निस्कन सक्ने बताउनुभयो । दलहरुले सांझ ५ वजे राष्ट्रपति डा रामबरण यादवसँग छलफलको समय तय गरिसकेका छन् । एकीकृत नेकपा माओवादीले अघि सारेको वाहालवाला प्रधानन्यायाधीश, स्वतन्त्र व्यक्ति वा पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गरेर चुनावमा जाने भन्ने विषयमा भने सहमति भइसकेको छैन । सोमबार दिनभर आन्तरिक छलफल गरेपछि बेलुका थप छलफल गरेर निस्कर्षमा पुग्ने नेताहरुले बताएका छन् । बैठकमा एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी मोर्चाका नेताहरु सहभागी थिए ।

No comments:

Post a Comment