‘मेलम्ची तीन वर्षभित्रै पुरा हुन्छ’




मेलम्ची आयोजनाको प्रमुख लगानिकर्ता एडिबीले परियोजना समयमै पुरा हुने आशा व्यक्त गरेको छ।
मेलम्ची खानेपानी आयोजनाको प्रमुख दातृ निकाय एसियाली विकास बैंक एडिबीले सुरुङ निर्माणको जिम्मा पाएको ठेकेदार चिनिया कम्पनिसंगको संझौता तोडिए पनि सो आयोजना समयमै पुरा हुने आशा व्यक्त गरेको छ।
सरकारले मंगलबार चिनियाँ ठेकेदारको कार्यशैलीप्रति असन्तुष्टि जनांउदै उ संगको समझौता तोड्ने निर्णय गरेको थियो।
गुणस्तरीय कामको लागि थप लगानी गर्न बैंक तयार रहेको एडिबीका दक्षिण एसियाली इकाईका महानिर्देशक हुवान मिरान्डाले बतए।
दुई दिने नेपाल भ्रमणको अन्त्यमा बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा महानिर्देशक हुवान मिरान्डाले काठमाण्डौका जनतालाई आफुहरुले निराश नपार्ने बताए।
उनले केही समस्याहरु देखा परे पनि मेलम्ची परियोजना पूर्व निर्धारित समय अनुसार अघि बढ्ने स्पष्ट पारे।
बन्छ
उनले भने, “हामी आज तपाइहरुलाई आश्वस्त पार्न चाहन्छौं कि यो परियोजना बन्ने छ र हामीले काठमाण्डौंमा पानी सन् २०१५ को अन्त्य वा २०१६ को शुरु सम्ममा ल्याउनेछौं।”
"हामी आज तपाइलाई आश्वस्त पार्न चाहन्छौंकी यो परियोजना बन्ने छ र हामीले काठमाण्डौंमा पानी सन् २०१५को अन्त्य वा २०१६को शुरुमा सम्म ल्याउनेछौं"
हुवान मिरान्डा, एडिबीका दक्षिण एसियाली इकाईका महानिर्देशक
मिरान्डाले छोटो समयमानै एक उच्च कोटिको ठेकेदार ल्याएर काम फेरि थालनी गरिने बताए।
उनले भने, “हामीले यो काम फेरि उच्चकोटीको ठेकेदारको जिम्मा लगाउने छौं। जसले चाँडो र गुणस्तरीय काम गर्ने छ र चांडै नयां ठेकेदार ल्याएर हामीले वाचा गरेको काम सम्पन्न हुने छ।”
मेलम्ची परियोजनाका अधिकारीहरुले कार्तिक मसान्तसम्म नयाँ बोलपत्र आहवान गर्ने र ६ साताभित्र सम्पूर्ण प्रकृया सक्ने नयाँ कार्य योजना बनिसकेको बताए।
लगानी
महानिर्देशक हुवान मिरान्डाले परियोजनाको मूल्य बढ्ने बताए र थप लगानी गर्न एडिबी तयार रहेको उल्लेख गरे।
उनले घुमाउरो शैलीमा यसअघिको ठेकेदार छान्दा गल्ती भएको पनि स्विकारे।
अब नया ठेकेदार छनौट गर्दा मूल्य भन्दा पनि गुणस्तरमा जोड दिइने उनको भनाइ थियो।
एक करोड २० लाख डलर भन्दा बढी ऋण लगानि गरेको एडिबीले तदारुकता देखाए पनि अस्थिरत राजनीतिक परिदृश्यबाट देश अगाडि बढिरहंदा मेलम्ची परियोजना समयमै सम्पन्न हुनेमा आशंका कायमै छ।

No comments:

Post a Comment