हिन्दी गीत र भारतीय च्यानल प्रसारण नगर्न माओवादी उर्दी




चितवन, असोज १० – मोहन बैद्य नेतृत्वको नेकपा माओवादीले हिन्दी गीत र भारतीय च्यानल प्रसारण नगर्न उर्दी जारी को छ । माओवादी उर्दीका कारण चितवनका एफएम रेडियोहरुले हिन्दी गीत बजाउन छोडेका छन् भने स्थानीय केबुल सेवा प्रदायकले पनि भारतीय च्यानलको प्रसारण बन्द गरेका छन् ।

माओवादीले चितवन सहित ताम्सालिङ राज्य अन्तर्गतका १० जिल्लामा भारतीय सवारी साधन, हिन्दी गीत र भारतीय च्यानल संचालनमा रोक लगाएको हो ।

माओवादीले हिन्दी चलचित्र र हिन्दी गीत प्रर्दशन र प्रसारण नगर्न स्थानीय संचारमाध्यम र चलचित्र हलहरुलाई आग्रह गरेको छ । चितवनमा रहेका सबै सञ्चारमाध्यमा पुगेर नेकपा माओबादीका प्रतिनिधीह्रुले हिन्दी गीतहरु प्रशारण नर्गन आग्रह गरेका हुन् ।

चितवन सहित ताम्सालिङ राज्यभित्र पर्ने मकवानपुर, धादिङ, काभ्रे , सिन्धुपाल्चोक, रसुवा लगायतका जिल्लामा भारतीय सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारतीय सवारी साधनले नेपालको कृषि उत्पादनको बजारलाई प्रभाव पार्ने गरि कृषिजन्य पर्दाथका साथै चाडै नष्ट हुने माछा, केरा, दुध आदिको ओसारपसार गरिहेकोले त्यसलाई रोक लगाइएको नेकपा माओवादी चितवनका जिल्ला नेता नारायण शर्मा वीपीनले जानकारी दिनु भयो ।

नारायणगढको पुल्चोकमा ४ वटा र पुर्वी चितवनको चैनपुरमा ४ वटा भारतीय नम्बर प्लेट भएका सवारी साधन रोकिएको उहाँले जानकारी दिनुभयो । यो अभियान बुधबारदेखि दुई महिना सम्म चल्ने उहाँले जानकारी दिनु भयो ।

माओवादीले भन्सारबाट हरियो प्लेट लगाएर आएका सवारी साधनलाई भने निर्वाध रुपमा चल्न दिएको छ ।

No comments:

Post a Comment