प्रधानमन्त्री घरको दैलोमा पुग्दा मानहिंका आँखा रसाए




डिवि वुढा, जुम्ला । मेरो छोरीको रगतले प्रधानमन्त्रीलाई पनि घरमा ल्याउन सफल भयो । म असाध्यै गर्वित छु । तातोपानीगाविस वडा नम्वर २ राकाकामानसिंह सार्कीले आँखामा हर्षका आशु वगाउँदै भने । छोरी त अजर र अमर भइसकेकी रहिछन् ।
प्रधानमन्त्री आउने एक हप्ता अघिको खवरले मानसिंहलाई निकै उत्साहिततुल्याएको थियो । उहाँ गाउँका अरु मानिसहरुसँग पनि प्रधानमन्त्री आफ्नो घरमा आउने कुराको जानकारी दिँदै हिड्ने गथ्र्ये तर आउने नआउने निश्चितभएको थिएन । उहाँलाई लागेको थियो प्रधानमन्त्री आउने महत्वपूर्ण काम पार्दिन सक्छ । साँच्चै सपनामै सिमित हुने होकी आफ्नो ईच्छा भनेर । तर वास्तवमा प्रधानमन्त्रीलाई मानसिंहले आफ्नो घरमा वसाउने अवसर पाए । प्राकृतिक प्रतिकुलताका साथ प्रधानमन्त्री चढेको हेलीकप्टर घरको छेउमा रहेको कोदाको वारीमा वसेपछि उनलाई निकै हौसला प्रदान भयो ।
उहाँले भन्नु भयो प्रधानमन्त्रीले पनि आफ्नो घरमा रात विताउने भए भनेर हर्षित भए । प्रधानमन्त्री भट्टराई र मुख्य सचिव लिलामणी पौडेल सहितको १४ जनाको टोली घर आगनमा लस्करै हिँडेको देख्दा उहाँलाई घरमा ठूलै शुभकार्य भएको जस्तो महशुस भएको थियो । जती उहाँले प्रधानमन्त्रीसँग मनका पिडा साट्ने अपेक्षा गरेका थिए । तर त्यो भने सफल हुन सकेन । उहाँ राति अवेरसम्म प्रधानमन्त्रीको टोलीलाई खानपकाउन व्यस्त हुनु भएको थियो । सानै छदाँ घरको समस्याका कारण गाई गोठालो लागेका मानसिंह अहिले कुनैपनि स्थानमा नामको पछाडी ल्याप्चे लगाउछन् । उहाँले आफ्नी छोरी गुमाउदाँको पिडा केहि भएपनि कम भएको वताए ।
मेरी छोरी संझना पहिलो सन्तान हो त्यहि नै गुमाएपछि म अत्यन्तै दुखि त भएको छु उनले गुनासो पोखे । अहिले उहाँको दुइृवटा छोरी छन् ३ वटा छोरा छन् । घरको आर्थिक अभावका कारण उहाँले छोराछोरीलाई पढाउन सक्नु भएको छैन । जनयुद्धमा छोरी गुमाएका राकागाउका मानसिंह सार्कीको घरमा प्रधानमन्त्रीले रात विताउनु भएपछि गाउँमा निकै चर्चा भईरहेको छ । युद्धकालमा तत्कालिन शाही नेपाली सेनाले २०६० सालमा मानसिंहकी छोरी संझनाको हत्या गरेका थिए । तत्कालिन माओवादी जुम्ला जनसरकार प्रमुख परानवहादुर धरालाको पनि नेपाली सेनाको आक्रमणमा ज्यान लिएको थियो ।

No comments:

Post a Comment